2026-09-19 04:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२४ वर्षीया क्षमा बिन्दुले गर्दैछिन् अहिलेसम्मकै अनौठो बिहे !

जेठ २०, काठमाडौं | भारतमा एक युवतीले आफैसँग विवाह गर्ने भएकी छन्। पश्चिम भारतकी ब्लगर २४ वर्षीया क्षमा बिन्दुले आफैसँग विवाह गर्ने घोषणा गरेकी हुन्। विवाहका सबै प्रक्रिया पूरा हुनेछ तर त्यहाँ दुलाह हुने छैनन्। कारण उनी आफैसँग विवाह गदैछन्।

आफूले आफैसँग विवाह गर्नुको कारण भने उनले आफूले आफैलाई प्रेम गर्ने बताएकी छन्। धेरै मानिसले आफूलाई रोजेको भएपनि उनले उनीहरूलाई नभएर आफैलाई रोजेको बताएकी छन्। पछिल्लो समय पश्चिमा मुलुकमा यो प्रवृत्ति तीव्र गतिमा बढ्दै आएको छ। जहाँ विवाहका सबै प्रक्रिया पूरा गरेर आफूले आफैसँग विवाह गरेका हुन्छन्। तर भारतमा भने यो पहिलो एकल विवाह हो। जहाँ ती युवतीले आफैलाई रोजेर आफैसँग विवाह गर्ने घोषणा गरिन्।

पश्चिमी राज्य गुजरातको वडोदरा सहरको एउटा मन्दिरमा ११ जुनको साँझमा क्षमा बिन्दुको परम्परागत हिन्दू समारोह छ। जहाँ उनले विवाहको पहिरनमा सजिएर सबै प्रक्रिया पूरा गरी आफूले आफैलाई जीवनसाथी रोज्ने छिन्। र आफैलाई जीवनभर साथ दिने बाचा गर्नेछिन्।

यसका साथै उनले हनिमुन र विवाहका अन्य प्रक्रियासमेत पूरा गर्ने जनाएकी छन्। उनी विवाहपछि दुई साता लामो हनिमुनमा गोवा जाने छिन्। समाजशास्त्रकी विद्यार्थीका साथै एक ब्लगरसमेत रहेकी उनले आफ्नो यस निर्णयबारे धारणा सार्वजनिक गर्दै भनेकी छन्, ‘धेरै मानिसहरूले मलाई म राम्रो क्याच हुँ भन्छन्, म तिनीहरूलाई भन्छु,‘मैले आफैलाई समाते।’

उनी भन्छिन्, ‘आत्म–विवाह भनेको आफ्नो लागि त्यहाँ रहनु, आजीविका र जीवनशैली छनोट गर्नको लागि प्रतिबद्धता हो जसले तपाईँलाई सबैभन्दा जीवित, सुन्दर र गहिरो आनन्दित व्यक्ति बन्न मद्दत गर्दछ। यो देखाउने मेरो तरिका हो कि म मेरो सबै विभिन्न अंगहरूलाई स्वीकार गर्दैछु, विशेष गरी मैले मेरो कमजोरीहरू जस्तै अस्वीकार गर्ने वा अस्वीकार गर्ने प्रयास गरेको छु। त्यो शारीरिक, मानसिक वा भावनात्मक हो। मेरो लागि, यो विवाह हो। साँच्चै आत्म–स्वीकृति गहिरो कार्य हाे। म के भन्न खोज्दैछु कि म आफैलाई स्वीकार गर्छु। सबै मलाई, यहाँ सम्म कि भागहरु जुन सुन्दर देखिँदैन।’बिन्दुको परिवारले पनि उनीको यो निर्णयलाई सर्मथन गर्दै आर्शिवाद दिएको उनी बताउँछिन्।

भारतमा यतिबेला उनको विवाहको कुराले निकै चर्चा पाएको छ। कतिपय आलोचकले उनको यो विवाह चर्चा कमाउनको लागि हो भनेका छन् भने कतिले उनको यो निर्णयलाई प्रसंसा समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा