२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतद्वारा आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई ३.३ टन स्वास्थ्य सामग्री प्रदान

२०७९, २१ जेष्ठ शनिबार ०७:५७

 जेठ २१, कोलम्बो | भारतले श्रीलङ्काका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाइदिएको छ । ‘छिमेकीलाई प्राथमिकता’ भन्ने भारतको नीति अनुसार श्रीलङ्कालाई पुनः स्वास्थ्य सामग्री पठाइएको भारतीय अधिकारीले जनाएका छन् । आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई सहयोगस्वरूप ३.३ टन अत्यावश्यक स्वास्थ्य सामग्री पठाइएको भारतको भनाइ छ ।  

कोलम्बोका लागि भारतीय उच्च आयुक्त गोपाल बग्लायले श्रीलङ्काका प्रतिनिधिहरूलाई ती सामग्री शुक्रबार हस्तान्तरण गरिएको हो । आर्थिक सङ्कटका कारण स्वास्थ्य सामग्रीहरु किन्न नसकेका र देश भित्र पनि अत्यधिक मूल्य बृद्धि भएको लगायतका कारणले श्रीलङ्काले स्वास्थ्य सामग्री उपलब्ध गराउन अन्य देशहरूसँग अनुरोध गरेको थियो । 

आर्थिक सङ्कटका कारण बहुआयामिक सङ्कटमा परेको श्रीलङ्कामा इन्धन, अमेरिकी डलर, खाद्य पदार्थलगायतका अन्य धेरै चिजको पनि अभाव भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै