२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय गायक केकेको निधनको कारण मायोकार्डियल इन्फ्रयाक्सन

२०७९, २२ जेष्ठ आईतवार ०८:५१

जेठ २२, मुम्बई | केकेका रुपमा परिचित भारतीय गायक कृष्णकुमार कुन्नथको पोस्टमार्टम र अटोप्सी रिर्पोट कोलकाता प्रहरीलाई हस्तान्तरण गरिएको छ । दुवै रिपोर्टमा गायकको मृत्युको कारण ‘मायोकार्डियल इन्फ्रयाक्सन’ मानिएको छ ।

रिपोर्टअनुसार कोलेस्ट्रोलको सञ्चयले इन्ट्रामस्क्युलर धमनीलाई निकै संकुचित बनाएपछि मुटुबाट रगतका पम्पिङ प्रभावित भएको थियो । यही कारण कोरोनरी धमनीमा पनि रोकावट आएका थियो ।


कोलकाता प्रहरीले पनि गायकको अप्राकृतिक मृत्युको सम्बन्धमा प्रारम्भिक उजुरी दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । ‘तर, प्रारम्भिक र अन्तिम पोस्टमार्टम रिपोर्टसँगै रासायनिक विश्लेषणपछि अब अप्राकृतिक मृत्युको सिद्धान्तलाई अस्वीकार गरिएको छ,’ नाम नबताउने सर्तमा एक प्रहरी अधिकृतले भनेका छन् ।

गत मंगलबार साँझ गायक केकेले दक्षिण कोलकाताको नजरुल मञ्चमा प्रस्तुति दिइरहँदा अस्वस्थ भएका थिए । त्यसपछि उनलाई अस्पताल लैजादा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर