भदौ २०, पर्वत । पन्ध्र महिनामा काम सक्ने गरी २०७१ साल फागुनमा सुरु गरिएको तीन किलोमिटर सडकको कालोपत्र गर्ने काम हालसम्म पनि पूरा नहुँदा पर्वतका ३४ गाविसका यात्रुले सास्ती भोग्नु परेको छ । 

पन्ध्र महिनामा काम सक्ने गरी नियमित सञ्चालन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, पर्वत । पन्ध्र महिनामा काम सक्ने गरी २०७१ साल फागुनमा सुरु गरिएको तीन किलोमिटर सडकको कालोपत्र गर्ने काम हालसम्म पनि पूरा नहुँदा पर्वतका ३४ गाविसका यात्रुले सास्ती भोग्नु परेको छ । 

पन्ध्र महिनामा काम सक्ने गरी नियमित सञ्चालन"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ठेकेदारले समयमा काम नगर्दा सडक अलपत्र

२० भाद्र २०७३, सोमबार ०६:४३

भदौ २०, पर्वत । पन्ध्र महिनामा काम सक्ने गरी २०७१ साल फागुनमा सुरु गरिएको तीन किलोमिटर सडकको कालोपत्र गर्ने काम हालसम्म पनि पूरा नहुँदा पर्वतका ३४ गाविसका यात्रुले सास्ती भोग्नु परेको छ । 

पन्ध्र महिनामा काम सक्ने गरी नियमित सञ्चालनमा रहेको पुरानो सडक भत्काएर नयाँ काम सुरु गरे पनि समयमा स्तरोन्नतिको काम नहुँदा यात्रुलाई सास्ती भएको हो । निर्माण कम्पनीले सडक बिगारेपछि समयमा मर्मत नगराउँदा सवारी चालक तथा यात्रुलाई एक किलोमिटर सडक पार गर्न एक घन्टा लाग्ने गरेको छ । 

जिल्लाको दोबिल्ला–फलेवास सडक निर्माणका लागि आर्थिक वर्ष २०७१÷७२ मा जयबाबा गोरख, ओखलढुङ्गा जेभीले ठेक्का लिएर काम सुरु गरेकामा एक किलोमिटर कालोपत्र गरेको छ भने फेवा आशिष नयाँबाटो जेभी निर्माण कम्पनीले जिम्मा लिएको काम अलपत्र अवस्थामा छाड्दा समस्या भएको हो । दुवै निर्माण कम्पनीलाई १५ महिनामा काम सम्पन्न गर्ने गरी जिम्मा दिइएको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर अनन्त बरालले जानकारी दिनुभयो । तीन किलोमिटर सडक झन्डै डेढ करोड रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का दिइएको हो । 

त्यस्तै थप सात किलोमिटरका लागि करिब रु १६ करोडमा ठेक्का सम्झौता भएको बरालको भनाइ छ ।

जिल्लाको सबैभन्दा पहिले ट्र्याक ओपन गरिएको उक्त सडक ग्रामीण सडकमध्ये पहिलोपटक कालोपत्र हुन लागेको भए पनि समयमा काम नहुँदा यात्रुलाई हुनसम्म सास्ती भएको छ । सडक सबै बिगारेर छाड्यो सवारी चालक रामबहादुर नेपालीले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ