2026-07-24 08:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिक्किममा ‘कबड्डी ४’लाई रोक लगाउन बौद्ध धर्मगुरुको माग, रिलिज गरे सडकमा उत्रिने

जेठ २२, काठमाडौं | अभिनेत्री मिरुना मगर र बौद्ध भिक्षु फुर्वा तामाङबीचको विवाद तत्कालै रोकिने छाँटकाँट छैन । दुवै पक्षले माफी मागिसके पनि यो मुद्दा झनै चर्किने संकेत देखिएको छ ।

विवाद चर्कंदै जाँदा फिल्म ‘कबड्डी ४’लाई भारतको सिक्किममा प्रदर्शन गर्न नदिन माग गरिएको छ । सिक्किमका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले गान्तोकमा पत्रकार सम्मेलन गर्दै फिल्म प्रदर्शनमा रोक लगाउन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमा पिन्त्सोले भने, ‘यदि रिलिज भएको खण्डमा सबै लामाहरु सडकमा उत्रिनेछन् र हल तोडफोड भए त्यसको जिम्मेवार हामी हुनेछैनौं ।’ उनले फिल्मलाई नहेरिदिन समेत आग्रह गरे ।

‘वास्तवमा बौद्ध धर्म र भिक्षुलाई अन्याय भएको छ । यस विरुद्ध सबैले आवाज उठाउनु जरुरी छ,’ उनले भने, ‘नेपालमा समेत विवाद समाधान हुनुपर्ने हाम्रो आग्रह छ ।’

‘कबड्डी ४’मा दयाहाङ राईले चित्रण गरेको लामाको चरित्रले सबै लामाको आस्थामा प्रहार गरेको पनि बौद्ध धर्मगुरु पिन्त्सोले बताए । ‘जुन रुपमा लामाको क्यारेक्टर चित्रण गरिएको छ । त्यो पूर्ण रुपमा गलत छ,’ उनले भने ।

सिक्किममा ‘कबड्डी ४’लाई जुन १७ मा रिलिज गर्ने तयारी छ । फिल्मका निर्माता मणिराम पोखरेलले सिक्किममा सिर्जना भएको विवादलाई समाधान गर्न प्रयास भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक