२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ तपाइँको आजको राशिफल

२३ जेष्ठ २०७९, सोमबार ०१:४१

जेठ २३, काठमाडौँ | आजको पात्रोः आज २३ जेठ, २०७९, सोमबार ।  तद्नुसार जुन महिनाको ६ तारिक २०२२ । ज्येष्ठशुक्लपक्ष सप्तमी तिथि, तैतिल करण, मघा नक्षत्र, हर्षण योग,  चन्द्रमा सिंह राशिमा  छ । आजको देवता भग र ग्रहदेव सूर्य रहेको छ ।  आज विहान सूर्योदय ५ः१० मा हुनेछ भने सूर्यस्त १८ः५६ मा हुनेछ । सोमबार शिवको प्रिय बार हो । त्यसैले आजको दिन शुभ मानिन्छ ।  

सोमबारको दिन बाहन तथा नयाँ कपडा खरिद गर्नु पनि शुभ मानिन्छ। आजको दिन कुनै नयाँ कामको लागि शुभ साइत रहेको छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिको जातकको लागि आजको दिन त्यति अनुकुल छैन । व्यापार ब्यबसायबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । स्वास्थ्यमा केही समस्या हुनसक्छ ध्यान दिनु होला । सकारात्मक सोच राखेर काम गर्नुपर्ने छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट अर्थलाभ हुनेछ । तर, मनमा निराशा  छाउनेछ । पारिवारिक समस्याका कारण आयभन्दा ब्यय बढी हुने भएकाले सोचपूर्वक खर्च गर्नुहोला । आजको दिन तपाईहरुको लागि शुभ दिन मानिन्छ । आजको दिन कसैसँग विवाद नगर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

तपाईको आजको समय र दिन अनुकुल रहेको छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुखप्राप्त हुनेछ । व्यापार ब्यबसायमा तपाईले सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । नयाँ कामको लागि आजको दिन शुभ रहेको छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ । कर्कट राशिका जातकले आजको दिन कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईको लागि हानी हुनेछ । आज विहान शिवालय दर्शन र नवग्रह दर्शन गर्दा तपाईको समस्या समाधान हुनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । आजको दिन यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्र र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ । सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ । तपाईले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नु निकै उत्तम हुनेछ । बालक र बृद्ध मानिसलाई केही खानेकुरा र उपहार दिनुहोला ।  

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । ब्यापार ब्यबसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । सत्पात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ । कन्या राशिका पुरुष जातकका लागि स्त्रीजातिबाट प्राप्त हुने सहयोगले मनमा प्रसन्नाता छाउने छ । 

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईको भलो हुनेछ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईले गरेको कामको प्रसंसा हुनेछ । मानसम्मान मिल्नसक्नेछ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

तपाईले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । देवालय र शिवालयको यात्रा तपाईको लागि आज फलदायी हुनेछ । आध्यामिक यात्राको लागि आजको दिन फलदायी हुनेछ ।  

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन आर्थिक बृद्धि हुने संभावना  छ । मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यहरुसँग लेनदेनमा विवाद हुनसक्छ त्यसैले होस गर्नुहोला । आजको दिन मित्र र आफन्तसँगको विवाद हानी हुनसक्छ ।   

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

तपाईको मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । परिवार र दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ त्यसैले ख्याल राख्नु होला। 

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । मीन राशिका जातकले सोमबार शुरु गरेका काम साताभित्र सकिने छ । आजको दिन तपाईको लागि निकै शुभ दिन रहेको छ । आजको दिन विहानको सूर्योदयको दर्शन गरेर कुनै पनि काम शुरुवात गर्नुभयो भने तपाईको दिन र साता नैं फलदायी हुनेछ ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ