2026-09-19 10:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हरिहर र नीताले असार २४ मा लगनगाँठो कस्ने, बिहे र रिसेप्सन दुवै याक एन्ड यतिमा

जेठ २३, काठमाडौँ | नायिका नीता ढुंगाना र नायक हरिहर अधिकारीको विवाहको तिथि जुरेको छ । उनीहरूले आउँदो असार २४ गते लगनगाँठो भएका कस्ने भएका छन् ।

नीता र हरिहर प्रेममा परेको केही वर्ष भयो । उनीहरूले आफ्नो प्रेम सार्वजनिक रूपमा स्वीकारेका पनि छैनन्, लुकाएका पनि छैनन् । विवाहको विषयमा भने दुवैले मौनता साँधिरहेका छन् ।

स्रोतका अनुसार आउँदो २४ असारमा विवाह र २६ असारमा रिसेप्सेनको टुंगो लागिसकेको छ । दुवै समारोह राजधानीको पाँचतारे होटल याक एन्ड यतिमा आयोजना हुने छन् । यसअघि नायिकाद्वय केकी अधिकारी र वर्षा शिवकोटीभन्दा फरक नीता–हरिहरको विवाह भने तामझामपूर्ण हुने छ । चलचित्र क्षेत्रका धेरै कलाकारहरूलाई विवाह वा रिसेप्सनमा निम्त्याउने तयारी गरिएको स्रोतले बतायो ।

नीता हरिहरको विवाहमा भारतीय कलाकार प्रदीप सिंह रावत पनि सहभागी हुने तय भएको छ । भारतको सुपरहिट चलचित्र ‘गजनी’ मा खलनायकको भूमिकाबाट ख्याति कमाएका यी कलाकार नीताले निर्माण गर्न लागेको चलचित्र ‘ह्रस्व–दीर्घ’ मा अनुबन्धित छन् ।

विवाहको विषयमा हरिहरलाई नेपाल प्रेसले प्रश्न गर्दा उनले खुल्न चाहेनन् । अहिलेसम्म विवाहको टुंगो नलागेको उनले दाबी गरे । ‘हामी छलफलमै छौँ, टुंगो लागेपछि भनौँला नि’ अधिकारीले भने ।

नीता र हरिहरको पहिलो भेट नीताकै घरमा भएको थियो । नीताको भनाइ अनुसार उनका भाइ र हरिहर साथी थिए । भाइसित भेट्न घरमा आउँदा उनीहरूबिच हाई हेल्लो भएको थियो । नीताको जन्मदिनमा आयोजित पार्टीमा हरिहर सहभागी भएपछि उनीहरूको सम्बन्ध प्रगाढ बन्न थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो