२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के तपाइँ धेरै अग्लो हुनुहुन्छ? तपाइँमा हुन सक्छ दर्जनौँ स्वास्थ्य समस्या

२०७९, २३ जेष्ठ सोमबार ०७:०६

एजेन्सी | के तपाइँ धेरै अग्लो हुनुहुन्छ ? एउटा पछिल्लो अध्ययनलाई विश्वास गर्ने हो भने अग्ला मानिसलाई स्वास्थ्यसम्बन्धी दर्जनौँ समस्याको जोखिम हुन सक्छ ।  

अनुसन्धानकर्ताहरूले अमेरिकाका २ लाख ५० हजार गोरा, अश्वेत पुरुष, हिस्पानिक र महिलाका १ हजारभन्दा बढी अवस्था अध्ययन गरेका थिए ।  

अनियमित रुपमा मुटुको धड्कन, पिडौंलामा नसा, स्नायुको क्षति र खुट्टामा अल्सरको जोखिम  अग्लोपनसँग सम्बन्धित रहेको उनीहरूले पाएका थिए । ५ फिट ९ इन्च वा त्यसभन्दा अग्ला मानिसहरूमा छाला तथा हड्डी संक्रमणको जोखिम रहेको अनुसन्धानकर्ताले बताएका छन् । 

उनीहरूलाई रगत जम्ने, नशामा क्षति हुने र नङमा सङ्क्रमण हुने ठूलो जोखिम रहेको उनले बताएका छन् । रकी माउन्टेन रिजनल भीए मेडिकल सेन्टरका वैज्ञानिकहरू अग्ला मानिस किन स्वास्थ्यसँग सम्बन्धित समस्याबाट पीडित हुन्छन् भन्ने बारेमा केही खुलाएका छैनन् ।

रगत लामो दूरीसम्म पम्प गर्नुपर्ने र शरिरलाई स्वस्थ राख्न अनिवार्य मानिने रगत प्रवाहमा कटौती हुने एउटा सिद्धान्त छ । शरीरको धेरै मास बोक्दा हड्डी, मांसपेशी र खुट्टामा थप भार पर्न सक्ने, अनुसन्धानकर्ताहरू बताउछन् । तर, अग्ला मानिसमा मुटु रोग, उच्च रक्तचाप र कोलेस्ट्रोलको मात्रा बढीजस्ता जोखिम न्यून हुने उनीहरूको भनाइ छ । 

उचाइ पहिले नै विभिन्न स्वास्थ्य अवस्थाहरूसँग जोडिए पनि यो उनीहरूको जीन वा आहार जस्ता अन्य कारकहरूको प्रभावको कारण हो भन्नेमा भने वैज्ञानिकहरू अनिश्चित छन् । अध्ययनमा अनुसन्धानकर्ताहरूले भीए मिलियन भेट्रान प्रोगाम नामक स्वास्थ्य डाटाबेस प्रयोग गरेका थिए । प्रोग्राममा २ लाख ८० हजार अमेरिकीको तथ्यांक समावेश थियो । 

अध्ययनमा ९१ प्रतिशत सहभागी पुरुष थिए । अध्ययन पीएलओएस जेनेटिक्समा प्रकाशित छ । वैज्ञानिकहरूले स्वास्थ्य समस्या र उचाइबीचको नयाँ सम्बन्ध पनि पत्ता लागेका थिए । अग्लो मान्छेको हात तथा खुट्टामा पनि समस्या देखिने बताएका थिए । यस्तो समस्या बेलायतका १० जनामध्ये १ जनामा देखिन्छ । 

सामान्यतया, अग्लो व्यक्तिहरू धेरै शारीरिक दूरीको कारण तिनीहरूको हात–खुट्टासँग सम्बन्धित समस्याबाट पीडित हुने उनीहरूको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ