भदौ २०, डडेल्धुरा । सुदूरपश्चिममै पहिलोपटक डडेल्धुरा सदरमुकाम क्षेत्रका सडक छेउ तथा बजारमा सौर्य सडक बत्ती बल्न सुरु गरिएको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, डडेल्धुरा । सुदूरपश्चिममै पहिलोपटक डडेल्धुरा सदरमुकाम क्षेत्रका सडक छेउ तथा बजारमा सौर्य सडक बत्ती बल्न सुरु गरिएको छ"/>
२०८२, २६ चैत्र बिहीबार
काठमाडौँ - KTM

सुदूरपश्चिममै पहिलोपटक सडकमा सौर्यबत्ती

२०७३, २० भाद्र सोमबार ०८:४३

भदौ २०, डडेल्धुरा । सुदूरपश्चिममै पहिलोपटक डडेल्धुरा सदरमुकाम क्षेत्रका सडक छेउ तथा बजारमा सौर्य सडक बत्ती बल्न सुरु गरिएको छ । 

सौर्य सडक बत्ती जडानका लागि गठित दुई उपभोक्ता समितिमध्ये अमरगढी ५, ८, ७ नं वडाको समितिले आइतबार बेलुका अमरगढी–७ पोखरा बजारमा बत्ती बाली सौर्य सडक बत्तीको उद्घाटन समितिका अध्यक्ष मनोज ओझाले बताउनुभएको छ । 

आइतबार बेलुका ६: ३० बजे औपचारिक रुपमा बत्ती बाली उद्घाटन गर्दै सुदूरपश्चिममा नै पहिलो सडक बत्तीका रुपमा सौर्य बत्ती बालिएको हो । सौर्य बत्तीले सडक, बजार झलमल गरेर बत्तीले सुदूरपश्चिमको पहिलो जिल्लाका रुपमा डडेल्धुरालाई चिनाउने अध्यक्ष ओझाले बताउनुभयो । 

सौर्य सडक बत्तीका लागि गठित दुईवटा उपभोक्ता समितिसँग अमरगढी नगरपालिकाको कार्यालयले भदौ १५ गतेभित्र सडक बत्ती बालिसक्नुपर्ने सम्झौता गरिए पनि त्यसको चार दिनपछि आइतबार बत्ती बल्न सुरु भएको हो । 

सडकको मापदण्डअनुसार दायाँबायाँ १५/१५ मिटर छोडी सौर्य सडक बत्ती जडान गर्नुपर्ने भए पनि आवश्यक मुआब्जाका लागि बजेट नहुँदा सडक मापदण्डअनुसार बत्ती जडान हुन सकेको छैन । 

मुआब्जाकै समस्याले बत्ती बल्न चार दिन ढिलो भएको अमरगढी नगरपालिकाले जनाएको छ । अमरगढी नगरपालिकाको बजार क्षेत्रमा सौर्य सडक बत्ती जडानका लागि गत असार २० गते दुई उपभोक्ता समितिले दुई छुट्टाछुट्टै आपूर्तिकर्ताबीच त्रिपक्षीय सम्झौता गरेका थिए । 

बत्ती जडान तथा आपूर्तिका लागि वाइन्ड इनर्जी काठमाडाँै र बायो इन्जिनियरिङ बाँकेसँग त्रिपक्षीय सम्झौता गरिएको थियो । 

सौर्य सडक बत्ती जडानका लागी नेपाल सरकारबाट ६५ प्रतिशत बराबरको २३ लाख ७० हजार आठ सय ८०, नगरपालिका बाट १५ प्रतिशत पाँच लाख ४७ हजार एक सय २८ र उपभोक्ता समिती बाट २० प्रतिशत सात लाख २९ हजार पाँच सय चार गरि कुल ३६ लाख ४७ हजार पाँच सय २० रकम एक उपभोक्ता समितीलाई निकासा गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित