भदौ २०, काठमाडौं । नेकपा (माओवादी) ले आगामी फागुनमा पार्टीको आठौं महाधिवेशन गर्ने घोषणा गरेको छ ।

सोमबार काठमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, काठमाडौं । नेकपा (माओवादी) ले आगामी फागुनमा पार्टीको आठौं महाधिवेशन गर्ने घोषणा गरेको छ ।

सोमबार काठमा"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लब माओवादीको महाधिवेशन उद्घाटन काठमाडौँमा, बन्दसत्र थवाङमा

२० भाद्र २०७३, सोमबार १०:०८

भदौ २०, काठमाडौं । नेकपा (माओवादी) ले आगामी फागुनमा पार्टीको आठौं महाधिवेशन गर्ने घोषणा गरेको छ ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता प्रकाण्डले आउदो आफुन १ गतेदेखि ७ गतेसम्म भव्य रुपमा चल्ने महाधिवेशनको उद्घाटन खुलामञ्चमा गरिने बताएका छन् । 

बन्दसत्र भने आफ्नो आधार इलाका थवाङ हुने उक्त पार्टीको विज्ञप्तिमा उल्लेख छ । 

महाधिवेशनको अवसरमा नेकपा (माओवादी)ले पचासौं हजार युवा काठमाडौंमा उतार्ने समेत बताएको छ । महाधिवेशनको तयारीका लागी सिङ्गो पार्टी पार्टी सदस्यता वितरण संगठन सुदृढिकीकरण अभियानमा जुटेको बताइएको छ । 

यही भदौ ११ गतेदेखि १४ गतेसम्म बसेको पार्टीको केन्द्रीय समितिको पूर्णबैठकले महाधिवेशनको मिति निश्चित गरेको हो । बैठकले संघर्षका बिभिन्न कार्यक्रम पनि तय गरेको छ । साथै जनजिविकाका मुद्दा अघि सारेर भदौ २० देखि २५ गतेसम्म पहिलो चरणको संघर्षका कार्यक्रम गर्ने प्रकाण्डले बताए ।

विप्लव माओवादीले दाल, चामल, तेल, चिनी, तरकारी, फलफूल, दूध र मासुमा ५० प्रतिशत मूल्य घटाउन सरकासँग माग गरेको छ । संघर्षका कार्यक्रमअन्तर्गत असोज २५ गते देशव्यापी एक घण्टा (विहान ९ देखि १० बजेसम्म) चक्काजाम गर्ने र दशैं-तिहार पछि कात्तिक २८ गते नेपाल बन्द गर्ने विप्लव माओवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ