नन्दराम जैशी/भदौ २०, जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले जिल्लाका विभिन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/भदौ २०, जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले जिल्लाका विभिन्"/>

2026-10-15 07:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पक्राउ परेका ६ लुटेरा सहित हातहतियार सार्वजानिक


नन्दराम जैशी/भदौ २०, जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले जिल्लाका विभिन्न स्थानमा पक्राउ परेका लुटेरा सहित हातहतियार सार्वजानिक गरेको छ ।

लुटेराको विगविगी भइरहेको गुनासो वढेपछि कडन सर्च अप्रेशन शुरु गरी यस अघि लुटेरा पक्राउ गरीएको थियो । अभियान अन्तर्गत प्रहरीले हतियार सहित ६ जना लुटेरालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले आज गरेको पत्रकार सम्मेलन मार्फत लुटपाटका घटनामा संलग्न अभियुक्त र उनीहरुले बोकेका हातहतियार सार्वजनिक गरीएको हो ।          

 सार्वजानिक गरीएको बिवरण अनुसार भदौ २५ गते बुम्रमाडीचौर गाविसको ३ नेउरीघाटाट अत्याधुनिक हतियार एसएमजी एक नाल, यसको गोली ७ राउण्ड, चाइनिज पेस्तोल १ थान, सोहि पेस्तोलको गोली ३ राउण्ड, ७२, हजार ७ सय ८६ रुपैया नगद, चिनियाँ मुद्रा ४१ सय, ४ थान मोवाइल सेट र ५ वटा झोला रहेका थिए । 

पत्रकार सम्मेलनमा बोल्दै प्रहरी नायब उपरीक्षक विष्णुहरी कोइरालाले पक्राउ पर्ने ५ जनामा जुम्ला गज्र्यांकोट ३ का ३० वर्षीय धिरबहादुर परियार, धापा ६ का ३३ वर्षीय अशोक तिरुवा, मुगु कोडवाडा गाविस–८ का ३१ वर्षीय दलबहादुर कार्की, मुगु जिमा ३ का २५ वर्र्षीया गोबिन्द टमाटा र जुम्ला मालिकाठाटा गाविस–४ का ३२ वर्षीय मुनबहादुर बोहोरा रहेको जानकारी दिनुभयो । उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको उहाले बताउनुभयो । 

पक्राउ परेकाहरुले  साउन र भदौ महिनामा यार्सा सङ्कलनका लागि गएको मानिसहरु स्थानीय तथा चीनबाट आउने व्यापारीलाई लक्षित गरी लुटपाट गर्ने गरेको स्वीकार गरेका छन् । डाका चोरीमा संलग्न अन्य व्यक्तिको पहिचान भइसकेको र उनीहरुको खोजविन जारी रहेको प्रहरी नायव उपरीक्षक कोइरालाले बताउनुभयो । 

उनीहरु नेकपा माओवादीका पूर्व लडाकु हुन सक्ने आशंका गरिएको छ । विगत एक महिनायता जुम्ला र मुगु जिल्लाको सिमानामा विभिन्न वडा एरियाहरुमा हतियार धारी डाँका समुहले डाका चोरी गर्ने गरेको घटना नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा तयार पारिएको सुरक्षा योजना अनुसार प्रहरी परिचालन गरी कडन सर्च थालिएको हो ।

यस्तै प्रहरीले गत साउन ४ गते पटमारा गाविस–३ उर्थूदेखि जुम्ला सदरमुकाम आउने वाटोमा डिल्लीचौर गाविस ७ बस्ने अगंबहादुर रावत सहितका ११ जनालाई नियन्त्रणमा लिइएको थियो । उनीहरुबाट ३ सय ३३ केजी वनलसुन वरामद गरेर जिल्ला वन कार्यालयमा वुझाइएको प्रहरीले जनाएको छ । 

यसअघि भदौ १ गते राति पातारासी गाविस–३ बस्ने पृथ्वीबहादुर ऐडी र कृष्णबहादुर बुढाको घरबाट छ÷सात जनाको समुहले हातहतियार देखाई ६ लाख ९४ हजार र लत्तकपडा, भाँडाकुँडा, डाँका चोरी गरेको सूचनाका आधारमा प्रहरीले पातारासी–३ का चन्द्रबहादुर ऐडी र श्रीबहादुर वुढाको घरबाट एक नाल भरुवा वन्दुक सहित युएसए लेखिएको चक्कु बरामद गरेको थियो ।   

उनीहरुलाई डाँका र हातहतियार मुद्दामा अदालतमा मुद्दा चलाएर अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक कोइरालाले बताउनुभयो । त्यस्तै जुम्ला विमानस्थलमा प्रहरीको गस्ती टोलिलाई लक्षित गरी पेस्तोल पड्काएको भन्दै पेस्तोल सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिइएको थियो । 

जुम्लामा पछिल्लो समयमा लुटेराका क्रियाकलापले आजित बनेका स्थानीयलाई प्रहरीले सुरक्षाको महसुस गराउन थालेको छ । स्थानीयले सही समयमा सूचना दिएर सहयोग गरे डाका समुहलाई नियन्त्रणमा लिई सुरक्षा दिन सकिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने