2026-09-19 10:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जी-बब र उनका आमाबुबाले हाले एकअर्काविरूद्ध मुद्दा

जेठ २९, काठमाडौँ | र्‍यापर जी–बब (सुदीप भण्डारी) र उनका आमाबुवाबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।

आमाबुवाले आफूलाई रिह्याब सेन्टरमा राखेर बन्धक बनाएको भन्दै उजुरी दिएपछि उनका आमाबुवाले पनि त्यसविरुद्ध प्रशासनमा जाहेरी दिएका छन् ।

जी-बबका बुबाआमाले शुक्रबार पत्रकार सम्मेलन गर्दै एएनटिएफले लागुपदार्थ खुवाएर आफ्नो छोरालाई भेट्न समेत नदिएको बताएका छन्। 

‘अस्ट्रेलिया गयो, त्यसको हिसाब किताब एएनटिएफले देखाएको छैन। सिक्किमको पनि तपाईंको छोराको खातामा हाल्दिएको छौं भने। तिमीहरू पैसासँग मात्र सरोकार गर्छौ भन्न थाले। सरोकार त हाम्रो बच्चासँग पनि छ, पैसासँग पनि छ,’ उक्त सम्मेलनमा जी-बबकी आमाले भनिन्।

‘जी-बबले जति माग्यो त्यति ड्रग्स दिएर राखेका छन्। उसलाई ड्रग्स दियो भने सित्तैमा काम गर्दिन्छ। उसलाई एएनटिएफले पूरै कब्जा गरेको छ। घर समेत आउन दिइएको छैन। जी-बब पूरै नशामा छ। त्यसैले एएनटिएफले जे भन्यो त्यही मानिरहेको छ,’ जी-बबका बुबाले भने।

जी-बबले भने एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै आमाबुबाले पैसा चाहिएर उजुरी गरेका बताएका छन्।

‘म बच्चा होइन, २१ वर्ष भइसकेँ, म सबै बुझ्छु। मलाई पहिला आमाले र्‍याप नहान भन्नुहुन्थ्यो। उहाँहरूसँग सम्बन्ध पनि राम्रो छैन। त्यही भएर मैले स्वतन्त्रता चाहियो भनेर मुद्दा हालेको हुँ। तर मेरो आमालाई पैसा चाहिएको हो,’ उनले भनेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो