2026-09-19 10:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

विवाहपछि अन्तरंग दृश्यमा अभिनय नगर्ने नयनताराको घोषणा

जेठ ३०, काठमाडौं | दक्षिण भारतीय अभिनेत्री नयनताराले हालैमात्र विग्नेश शिवनसँग विवाह गरिन् । नयनतारा अहिले वैवाहिक जीवनमा रमाइरहेकी छन् । उनले आफ्नो अभिनय जीवनलाई लिएर एउटा महत्वपूर्ण निर्णय लिएकी छन् ।

उनले अब फिल्ममा देखाइने अन्तरंग दृश्यमा अभिनय नगर्ने घोषणा गरेकी छन् । यतिमात्र होइन, फिल्ममा अभिनेता तथा सहअभिनेतासँग रोमान्टिक दृश्य पनि नदिने भएकी छन् । उनी पतिसँग क्वालिटी टाइम बिताउनका लागि केही समय अभिनयबाट पनि ब्रेक लिँदैछिन् ।

नयनताराको आउँदो फिल्म ‘जवान’ हो । जसमा उनी अभिनेता शाहरुख खानसँग देखिँदैछिन् । शाहरुख आफै पनि अन्तरंग दृश्य दिन चाहँदैनन् । यही कारण नयनताराले फिल्ममा अन्तरंग दृश्य नदिने निर्णय लिएकी हुन् ।

नयनतारा विवाहपछि आशीर्वाद लिन पतिका साथ तिरुपति मन्दिर पुगेकी थिइन् । मन्दिर परिसरमा चप्पल लगाएर पुगेपछि उनी विवादमा तानिएकी थिइन् । विवादमा आएपछि जोडीले एक विज्ञप्ती जारी गर्दै माफी मागेको थियो । उनीहरूले आफू हतारमा रहेकाले चप्पल खोल्न बिर्सिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो