Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

‘कबड्डी ४’ को नयाँ रेकर्डः बन्यो सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म

By साझासवाल

जेठ ३०, काठमाडौं | नेपाली फिल्म ‘कबड्डी ४’ले नयाँ रेकर्ड राखेको छ । रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘कबड्डी ४’ सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ।

‘कबड्डी ४’ फिल्मले सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान कायम गरेको छ । उक्त फिल्म रिलिज भएको तेस्रो शनिबारसम्म कुल २० करोड ५ लाख रुपैयाँ कलेक्सन गरेको तथ्यांक बाहिर आएको छ । यसअघि 'छक्का पन्जा ३' ले १६ करोड कमाएको थियो।

यो कुल कमाइमा काठमाडौं उपत्यकाबाट १० करोड ७५ लाख र मोफसलबाट ९ करोड ३० लाख रुपैयाँ भन्दा बढी ग्रस कलेक्सन छ । आइतबारको विवरण भने आउन बाँकी नै छ ।

‘फाइनल म्याच’ भनिएको फिल्ममा काजीको बिहे हुन्छ कि हुँदैन भन्ने कथा प्रस्तुत गरिएको छ। यसलाई दर्शकहरूले निकै रुचाइरहेका छन्। गत शुक्रबार हलिउड फिल्म ‘टप गनस् मेभरिक’ र भारतीय फिल्म ‘विक्रम’ र ‘सम्राट पृथ्वीराज’ प्रदर्शन हुँदा पनि 'कबड्डी ४' ले नै उच्च शो हासिल गरेको छ।

फिल्मले दोस्रो सातासम्म १८ करोड ७१ लाख रुपैयाँ ग्रस कमाएको थियो । यो कमाइसँगै फिल्मले सबैभन्दा धेरै कमाउने ‘छक्कापञ्जा ३’को कीर्तिमान पनि तोडेको छ । दीपकराज गिरीको उक्त फिल्मले पनि २० करोड कमाइ गरेको जनाइएको छ ।

भारतीय फिल्म ‘बाहुबली २’ को कुल कमाइ नेपालमा २३ करोड जनाइएको छ । भारतीय फिल्मको यो कीर्तिमानलाई पनि ‘कबड्डी ४’ले उछिन्ने प्रक्षेपण छ । ‘कबड्डी ४’ शुक्रबारदेखि भारतमा पनि प्रदर्शन हुँदैछ ।

कबड्डी ४ ले बनाएका रेकर्ड

१. सर्वाधिक शो पाउने फिल्म

२. उच्च अग्रिम टिकट बुकिङ हुने फिल्म

३. पहिलो दिन सबभन्दा धेरै कमाउने फिल्म

४. पहिलो साता सबभन्दा धेरै कमाउने फिल्म

५. अष्ट्रेलियामा धेरै कमाउने फिल्म

६. दोस्रो साता धेरै कमाउने फिल्म

७. सर्वाधिक कमाइ गर्ने फिल्म