2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज जेठको अन्तिम दिन, थाहा पाउनुहोस् तपाईंको राशिफल

जेठ ३१, काठमाडौं | जेठ ३१ २०७९, मंगलबार, तद्नुसार १४ जुन २०२२ । ज्येष्ठ शुक्लपक्ष पूर्णिमा, विष्टि करण, ज्येष्ठा नक्षत्र, साध्य योग, चन्द्रमा वृश्चिक राशिमा छ । आज बिहान सूर्योदय ५ः०८ मा भएको छ भने सूर्यास्त ७ः०० बजे हुनेछ ।

आजका देवता सावित्री, ग्रहदेव शुक्र हुन् । पूर्णिमा भएकाले शुभ दिन मानिन्छ । बिहान ११ः३७ देखि १२ः३२ सम्म अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्य गर्न सकिने छ । मंगलबार गणेश र हुनमानको साधना गर्ने दिन हो । सनातनशास्त्रमा गणेशको आरधना शक्तिका लागि हनुमानको अर्चना गर्ने चलन रहेको छ । आज जेठ महिनाको अन्तिम दिन पनि हो ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । व्यापारव्यवसायबाट पनि लाभ मिल्नेछ ।  दैनिक उपभोगबाहेक विलासिताको सामान खरिद नगर्नुहोला । देवालयमा गएर गणेशको ध्यान गर्नुहोला ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

अध्ययन अनुसन्धानमा रुचि बढ्ने छ । अध्यात्मशास्त्रका पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ । आज यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी हुने छैन । यात्रा गर्नै परेमा पूर्वदिशा फर्केर यात्रा शरुवात गर्नुहोला ।  

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशिका जातकका लागि आजको दिन निकै शुभ रहेको छ । व्यापारमा रहेका साझेदारसँग फाइदा हुनेछ । आजको दिन काम गर्दा गणेशको आरधना गरेर काम गर्नुभयो भने सफलता मिल्नेछ । आज मिथुन राशिका जातकले नयाँ काम गर्न सक्नुहुनेछ । यात्रा गर्दा पनि सफलता र फलदायी हुनेछ । कसैसँग अनावश्यक विवाद हुने काम नगर्नुहोला ।  

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपार्इंप्रति विरोध गर्नेले सम्मानका शब्द प्रयोग गर्नेछन् । आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला । पारिवारमा साना साना कुरामा विवाद हुनसक्छ । विवाद हुँदा हानी हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिहं राशिका जातकका लागि आजको दिन मौन रहनु हित हुनेछ । घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपार्इंले विश्वास गरेको मित्रबाट दुःख र धोका हुनसक्छ । आज बिहान गणेश वा हनुमानको मन्दिरको दर्शन गर्नाले उर्जा मिल्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुने छ । मंगलबार कुनै नयाँ काम शुरुवात र मानसम्मान मिल्न सक्छ । व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन उपहार साटाटाट गर्दा फाइदा हुनेछ । बाल र बृद्ध व्यक्तिहरुलाई केही खानेकुरा दिनु उत्तम हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

दिन त्यति अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च व्यवभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ । आजको दिन सकारात्मक सोच राख्नुहोला । यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी हुने छैन ।   

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

व्यापारबाट लाभ हुने देखिन्छ ।  आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । परिवारका सदस्यसँग र आफन्तसँग विवाद हुनसक्छ । सोचविचार गरेर काम गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला ।   

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 

साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा प्राप्त हुनेछ । आज चन्द्रमाको साथ रहेकोले सोचेअनुसार काम हुनेछ । अध्ययन अध्यापन, लेखनमा सफलता मिल्नेछ । व्यापारमा सफलता मिल्नेछ । तपाईलाई परेका अप्ठेराको समाधानका बाटा खुल्दै जानेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठमन्दिर दर्शन गर्दा उत्साह प्राप्त गर्नसक्नुहुन्छ । हरेक साता मंगलबार गणेशमन्दिरमा दर्शन गर्नाले ग्रहदोष कम हुँदै जानेछ । 

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

व्यापार व्यवसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन बालकलाई भोजन गराउनु भएमा मनमा शान्ति मिल्नेछ । आर्थिक कारोबारमा समस्या हुनसक्छ । विवाद नगरी नियमित कामबाहेक नयाँ काम गर्नुभन्दा पहिले सोच विचार गरेर मात्र गर्नु वेश हुनेछ ।   

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मंगलबार बिहान उठेर सूर्योदयको दर्शन र नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ । अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ । सेवामूलक काम गर्नुभयो भने समाजबाट मानसम्मान मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई