भदौ २१, दाङ । शान्तिसुरक्षाका लागि ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ । 

दाङको भालुवाङ इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक भागवत बस्नेतलाई लालमटिया–८ बागढङीमा स्थानीय युवाको समूहले कुटपिट गरी गम्भीर घाइते बना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २१, दाङ । शान्तिसुरक्षाका लागि ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ । 

दाङको भालुवाङ इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक भागवत बस्नेतलाई लालमटिया–८ बागढङीमा स्थानीय युवाको समूहले कुटपिट गरी गम्भीर घाइते बना"/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण

२१ भाद्र २०७३, मंगलवार ०३:२०

भदौ २१, दाङ । शान्तिसुरक्षाका लागि ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ । 

दाङको भालुवाङ इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक भागवत बस्नेतलाई लालमटिया–८ बागढङीमा स्थानीय युवाको समूहले कुटपिट गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । 

सोमबार बस्नेतको कमान्डमा खटिएका चारजनाको प्रहरी टोलीमाथि लुकेर दाउराले प्रहार गरी अगाडि हिँडिरहेका सहायक निरीक्षक बस्नेतमाथि आक्रमण गरेका थिए । टाउकामा गम्भीर चोट लागी घाइते हुनुभएका बस्नेतको बुटवलमा उपचार भइरहेको बताएको छ । 

कुटपिटमा संलग्न लालमटिया–३ बस्ने सुनिल मल्ल, झपिन्द्र पाण्डे, शेरबहादुर विक, अमर खत्री र अनिल घर्ती फरार भएको प्रहरीले जनाएको छ । 

त्यसैगरी, सोही समयमा शान्तिसुरक्षाका लागि ड्युटीमा खटाइएका प्रहरी चौकी सिसहनियाका सहायक निरीक्षक यज्ञमणि वैद्यमाथि पनि गोवरडिहा–४ बस्ने श्यामसिंह चौधरी र अम्रेश चौधरीले हातपात गर्न खोजेको र उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी निरीक्षक मदन केसीले जानकारी दिनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की