भदौ २१, पर्बत । जिल्लाकै सवैभन्दा लामो निर्माणाधिन कुश्मा र मुडिकुवा जोड्ने झोलुङगे पुल निर्माणको अवरोध बनेको विद्युत लाईन हटाईने भएको छ । 

पुल अन्तिम चरणमा पुगेर विद्युत लाईनका कारण रोकिएको थियो । कुश्मावडागाउँ(मुडिकुवा झोलुङगे पुल"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २१, पर्बत । जिल्लाकै सवैभन्दा लामो निर्माणाधिन कुश्मा र मुडिकुवा जोड्ने झोलुङगे पुल निर्माणको अवरोध बनेको विद्युत लाईन हटाईने भएको छ । 

पुल अन्तिम चरणमा पुगेर विद्युत लाईनका कारण रोकिएको थियो । कुश्मावडागाउँ(मुडिकुवा झोलुङगे पुल"/>

२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झोलुङगे पुलको अवरोध बनेको विद्युत लाईन हटाइने

२०७३, २१ भाद्र मंगलवार ०६:५१

भदौ २१, पर्बत । जिल्लाकै सवैभन्दा लामो निर्माणाधिन कुश्मा र मुडिकुवा जोड्ने झोलुङगे पुल निर्माणको अवरोध बनेको विद्युत लाईन हटाईने भएको छ । 

पुल अन्तिम चरणमा पुगेर विद्युत लाईनका कारण रोकिएको थियो । कुश्मावडागाउँ(मुडिकुवा झोलुङगे पुल निर्माण उपभोक्ता समितिले विद्युतका कारण पुलको निर्माण सम्पन्न हुन नसकेको भनी गुनासो गरेपछि समाचार बनाईएको थियो । 

केही दिन पहिले समाचार यस दैनिकमा संम्प्रेषण भएसँगै विद्युत प्राधिकरण पर्वतले विद्युत लाईन हटाउन भनी   कर्मचारी खटाइसकेको उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण  तिवारीले जानकारी दिएका छन् । पुलको लठ्ठा तान्न विद्युत लाईनका कारण सकिएको थिएन ।  

विद्युत लाईन अवरोध बनेको कारण महिनौ पहिलेदेखि पुलको निर्माण कार्य रोकिएको उपभोक्ता समितिको गुनासो थियो । उपभोक्ता समितिका अध्यक्ष तिवारीका अनुसार चार वटा लठ्ठा वारिबाट खसालेर मोदिपारि पुराइएको छ भने ८ वटा लठ्ठा तान्न बाँकी छ । 

अध्यक्ष तिवारीले विद्युत लाईनका कारण मुडिकुवाको माथि ढिकमा लठ्ठा पुराउन नसकिएको बताएका थिए । 

पर्वतकै दक्षिणी भेग र कार्कीनेटा क्षेत्रतिर निर्माणाधिन पुल मुन्तिरबाट ३३ केभी क्षमताको विद्युत लाईन प्रसारण गरिरहेको अवस्था छ । प्राधिकरण कार्यालय पर्वतलाई उपभोक्ता समितिले लाइन हटाइदिन अनुरोध गर्दै पत्र पठाएको पनि हप्तौ भईसकेको थियो भने जिल्ला प्रशासन कार्यालय पर्वतले समेत लाईन सारिदिनु हुन भन्ने आशयको पत्र पठाइसकेको थियो । सुनुवाई भएको भने थिएन ।

अव भने झोलुङ्गे पुल निर्माणको कार्य नरोकिने भएको छ । विद्युत प्राधिकरण कार्यालयका अधिकृत विजयराज रेग्मीले भने(‘हाम्रो कुनै नकारात्मक सोचले लाईन हटाउन नखोजिएको हैन । ढिला     गरी मात्र पत्र आएको थियो । अवको ५,६ दिनभित्रमा विद्युतको लाईन हटाइने छ ।’अधिकृत रेग्मीले कर्मचारीहरुलाई काममा खटाइसकेको र ठेकेदारसँग समेत कुराकानी भएको बताए । उनले आफू पनि विद्युत लाईन हटाउनुपर्ने स्थलमा पुगेर निर्देशन समेत दिइएको बताए ।  

दशै तिहारमा सर्वसाधारणलाई पुलबाट आवतजावत  गराउने भन्ने उपभोक्ता समितिको लक्ष्य अव भने पुरा हुने भएको छ । समितिका अध्यक्ष तिवारी खुशी व्यक्त गर्दै भन्छन्(‘विद्युत लाईन हटेपछि अव पुलको निर्माणलाई तीव्रता दिइने छ र दशैमा टाढा टाढाबाट आउने दाजुभाईहरुलाई सजिलै आफ्नो घरगाउँसम्म पुग्न सजिलो हुने विश्वास लिएको छु ।’ 

उनले थपे केहि दिन पहिलेसम्म विद्युतले ढिलो गरिदिदा नसकिएला जस्तो थियो । लाइन हटेर काम थालेपछि दशैभित्र पुल निर्माणको काम सम्पन्न हुनसक्छ भनी तिवारीले विश्वास व्यक्त गरे ।

वडागाउँ(मुडिकुवा झोलुङगे पुलले सदरमुकाम कुश्मासँग पर्वतका दक्षिणी २२ वटा गाविस र बाग्लुङका १० गाविसका वासिन्दाहरुलाई प्रत्यक्ष जोड्ने साथै आवतजावतमा सहज बनाउनेछ । कुल लागत २ करोड ५८ लाख रहेको झोलुङ्गे पुलको लम्वाई ३५९ मी र उचाई १५५ मी रहने ठेकेदार ओम गौचन बताउँछन् । 

यो पुलको निर्माण मुक्तिनाथ एण्ड गीता कन्टूक्सनले गर्दैछ । ठेकदारका अनुसार पुलको निर्माण कार्य डिप निर्माण, हावा लठ्ठाको काम लगायत सकिएको अवस्था छ भने निर्माणका आवश्यक सामाग्री जाली, नट, बल्टु लगायत ल्याई सकिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश