2026-09-19 11:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सानै उमेरमा साथीसँग खेल्ने बालबालिकामा मानसिक स्वास्थ्य जोखिम न्यूनः अध्ययन

असार २, न्युयोर्क | एजेन्सी | सानै उमेरमा अरूसँग राम्रोसँग खेल्न सिक्ने बालबालिकाको मानसिक स्वास्थ्य पछि राम्रो हुने एउटा नयाँ अनुसन्धानले देखाएको छ । अन्य बच्चाहरूसँग सफलतापूर्वक खेल्ने क्षमताले मानसिक स्वास्थ्यमा सुरक्षात्मक प्रभाव पार्ने अध्ययनको निस्कर्ष छ । क्याम्ब्रिज विश्वविद्यालयका अन्वेषकहरूले तीन र सात वर्षको उमेरमा जम्मा गरेका झण्डै १७ सय बालबालिकाको तथ्यांक विश्लेषण गरेका थिए । 

तीन वर्षको उमेरमा साथीहरू राम्रो खेल्ने क्षमता भएकाहरूले लगातार चार वर्षपछि खराब मानसिक स्वास्थ्यको न्यून लक्षण देखाएका थिए । 

तिनीहरूमा न्यून हाइपरएक्टिभिटी देखिएको, आचरण र भावनात्मक समस्यबारे आमाबाबु र शिक्षकहरूले थोरै गुनासो गरेको र तिनीहरू अन्य बच्चाहरूसँग थोरै झगडा वा न्यून असहमति राख्ने गरेको अध्ययनमा उल्लेख छ । 

अनुसन्धानकर्ताहरूले विशेषगरी मानसिक स्वास्थ्य समस्याको जोखिममा रहेका बच्चाहरूको उपसमूहहरूमा केन्द्रित गर्दा पनि उक्त ‘कनेक्सन’ले काम गरेको थियो । 

मानसिक स्वास्थ्यको लागि अन्य जोखिम कारक तत्वहरू–जस्तै गरिबीको स्तर, गर्भावस्थाको समयमा वा त्सपछि आमामा गम्भीर मनोवैज्ञानिक संकटको अनुभव इत्यादिले पनि बालबालिकाको मानसिक स्वास्थ्यमा असर गरेको हुन्छ । 

मानसिक स्वास्थ्य समस्याहरूको जोखिममा पर्न सक्ने साना बालबालिकाहरूलाई साथीहरूसँग खेल्ने अवसर दिनुपर्ने अध्ययनको निस्कर्ष छ । 

शोधको नतिजा ‘बाल मनोचिकित्सा र मानव विकास’ जर्नलमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो