2026-09-18 09:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा स्थानीय तहका २८ जना उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण बुझाए

असार २, रसुवा | रसुवामा स्थानीय तहको निर्वाचनमा भाग लिएका २८ जना उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन् । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा भाग लिएकामध्ये २८ जना उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण बुझाएका हुन् । 

निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको ३० दिनभित्र सबै उम्मेदवारले खर्च विवरण निर्वाचन कार्यालयलाई बुझाउनुपर्ने हुन्छ । सोहीअनुरुप जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक सूचना जारी गरी विवरण बुझाउन सबै उम्मेदवारहरुलाई आग्रह गरेको थियो ।

निर्वाचनमा ४ सय ६५ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचन सम्पन्न भएको एक महिला पुग्दा हालसम्म २८ जना उम्मेदवारले मात्र निर्वाचन खर्च बुझाएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए । 

पालिका अध्यक्षमा नेशनल मंगोल अर्गनाइजेसनबाट उम्मेदवारी दिएका एक जना र बाँकी वडा सदस्यले निर्वाचन खर्च विवरण बुझाएको उनले बताए । जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार खर्च विवरण बुझाएकामध्ये पालिका अध्यक्षमा उम्मेदवारी दिएकाले ३३ हजार २ सय खर्च गरेको विवरण बुझाएका छन् । त्यसैगरी वडा सदस्यमा उम्मेदवारी दिएकाहरुले ३२ सय देखि १ लाख ५० हजार सम्म खर्च गरेको विवरण बुझाएका छन् । 

जिल्लामा रहेका प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका पार्टीबाट उम्मेदवार बनेकाहरुले निर्वाचन खर्च विवरण हालसम्म नबुझाएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ । 

वैशाख ३० गते भएको निर्वाचनको अन्तिम परिणाम जेठ ३ गते आएको थियो । जेठ ३ गतेभित्र उम्मेदवारहरुले खर्च विवरण सार्वजनिक गर्नुपर्ने निर्वाचन अधिकारी थापाले बताए । ‘अन्तिम परिणामको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने हुन्छ ।  जिल्लामा निर्वाचनकाे अन्तिम मतपरिणाम जेठ ३ गते आएको थियो’, उनले भने, ‘खर्च विवरण बुझाउन हामीले स्थानिय तहहरुमा पनि जानकारी गराएका छौँ । खर्च विवरण आउने क्रम जारी छ, सबैको आएको छैन् । ‘

स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्षले ३ लाख ५० हजार, वडाध्यक्ष र वडा सदस्यले १ लाख ५० हजारसम्म खर्च गर्न पाइने व्यवस्था थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई