भदौ २१ , काठमाडौँ । हावामा रहेको प्रदुषणको ससना कण मानिसको मस्तिष्कसम्म पुग्ने गरेको एक अनुसन्धानबाट पत्ता लागेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २१ , काठमाडौँ । हावामा रहेको प्रदुषणको ससना कण मानिसको मस्तिष्कसम्म पुग्ने गरेको एक अनुसन्धानबाट पत्ता लागेको छ । 
2026-09-18 06:15 PM
काठमाडौँ - KTM

हावाबाट यसरी आउँदैछ नयाँ रोग, सिधै मस्तिष्कमा आक्रमण

भदौ २१ , काठमाडौँ । हावामा रहेको प्रदुषणको ससना कण मानिसको मस्तिष्कसम्म पुग्ने गरेको एक अनुसन्धानबाट पत्ता लागेको छ । 

आइरन अक्साइडसहितका विषालु कण मानिसको मस्तिष्कमा भेटिएको हो । यस्ता कणले अल्जाइमरसहितका रोगको खतरा बढाउने अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । बेलायतको ल्यानकेस्टर विश्वविद्यालयका वैज्ञानिकले गरेको अनुसन्धानको क्रममा वायु प्रदुषणका कारण धुलोको कणबाट ससाना कण मानिसको मस्तिष्कसम्म पुगेको देखिएको हो । 

यसअघि भएका धेरै अनुसन्धान वायु प्रदुषणका कारण मानिसको फोक्सो तथा मुटुमा पर्ने प्रभावमा केन्द्रित थिए । तर यो अनुसन्धानले चुम्बकीय गुण भएका ससाना कण मानिसको मस्तिष्कसम्म पुग्ने प्रमाण फेला पारेको हो । यस्ता चुम्बकीय कण वायु प्रदुषणका कारण बन्ने गरेको हुन् ।

३७ जनाको मस्तिष्कको तन्तुको अनुसन्धानमा चुम्बकीय गुण भएका कण फेला परेको प्रमुख अनुसन्धानकर्ता ल्यानकेस्टर विश्वविद्यालयका प्राध्यापक बारबारा माहरले बताउनुभयो । अनुसन्धान गरिएका मध्ये २९ जना मेक्सिको सिटीका तीन देखि ८५ वर्षका व्यक्तिको मस्तिष्कको तन्तु हो । 

यस्तै बाँकी ८ जना म्यानचेस्टरका ६२ देखि ९२ वर्षसम्मका व्यक्तिको मष्टिस्कको तन्तु हो । मस्तिष्कमा भेटिएका कणको आकार एउटै रहेको वैज्ञानिकले बताएका छन् । यस्ता कणले मानिसको मस्तिष्कको काममा अवरोध गर्ने गरेका छन् । वायु प्रदुषणका कारण हरेक वर्ष विश्वमा तीस लाख जनाको ज्यान जाने गरेको विश्व स्वाथ्य संगठन डब्लुएचओले जनाएको छ । स्रोत: एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई