भदौ २१ , काठमाडौँ । हावामा रहेको प्रदुषणको ससना कण मानिसको मस्तिष्कसम्म पुग्ने गरेको एक अनुसन्धानबाट पत्ता लागेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २१ , काठमाडौँ । हावामा रहेको प्रदुषणको ससना कण मानिसको मस्तिष्कसम्म पुग्ने गरेको एक अनुसन्धानबाट पत्ता लागेको छ । 
२६ मंसिर २०८२, बिहीबार
काठमाडौँ - KTM

हावाबाट यसरी आउँदैछ नयाँ रोग, सिधै मस्तिष्कमा आक्रमण

२१ भाद्र २०७३, मंगलवार ०८:१८

भदौ २१ , काठमाडौँ । हावामा रहेको प्रदुषणको ससना कण मानिसको मस्तिष्कसम्म पुग्ने गरेको एक अनुसन्धानबाट पत्ता लागेको छ । 

आइरन अक्साइडसहितका विषालु कण मानिसको मस्तिष्कमा भेटिएको हो । यस्ता कणले अल्जाइमरसहितका रोगको खतरा बढाउने अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । बेलायतको ल्यानकेस्टर विश्वविद्यालयका वैज्ञानिकले गरेको अनुसन्धानको क्रममा वायु प्रदुषणका कारण धुलोको कणबाट ससाना कण मानिसको मस्तिष्कसम्म पुगेको देखिएको हो । 

यसअघि भएका धेरै अनुसन्धान वायु प्रदुषणका कारण मानिसको फोक्सो तथा मुटुमा पर्ने प्रभावमा केन्द्रित थिए । तर यो अनुसन्धानले चुम्बकीय गुण भएका ससाना कण मानिसको मस्तिष्कसम्म पुग्ने प्रमाण फेला पारेको हो । यस्ता चुम्बकीय कण वायु प्रदुषणका कारण बन्ने गरेको हुन् ।

३७ जनाको मस्तिष्कको तन्तुको अनुसन्धानमा चुम्बकीय गुण भएका कण फेला परेको प्रमुख अनुसन्धानकर्ता ल्यानकेस्टर विश्वविद्यालयका प्राध्यापक बारबारा माहरले बताउनुभयो । अनुसन्धान गरिएका मध्ये २९ जना मेक्सिको सिटीका तीन देखि ८५ वर्षका व्यक्तिको मस्तिष्कको तन्तु हो । 

यस्तै बाँकी ८ जना म्यानचेस्टरका ६२ देखि ९२ वर्षसम्मका व्यक्तिको मष्टिस्कको तन्तु हो । मस्तिष्कमा भेटिएका कणको आकार एउटै रहेको वैज्ञानिकले बताएका छन् । यस्ता कणले मानिसको मस्तिष्कको काममा अवरोध गर्ने गरेका छन् । वायु प्रदुषणका कारण हरेक वर्ष विश्वमा तीस लाख जनाको ज्यान जाने गरेको विश्व स्वाथ्य संगठन डब्लुएचओले जनाएको छ । स्रोत: एजेन्सी 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य