2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्कली लाइसेन्स बनाएको आरोपमा यातायात कार्यालय एकान्तकुनाका १७ जनाविरुद्ध मुद्दा

असार ७, काठमाडौं | विविध कारणले नवीकरण नभएका, रद्द भएका तथा म्याद सकिएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को गैरकानुनी रुपमा नवीकरण गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना (ललितपुर)का १२ जना कर्मचारी र ५ जना विचौलिया गरी १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। ।

फेल भएकालाई लाइसेन्स प्रकरण : सहसचिवसहित यातायातका १७ कर्मचारीलाई सफाइ,  चारजना दोषी ठहर

उनीहरुले नवीकरण नभएका तथा स्वत: रद्द भएका सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमति पत्र गैरकानूनी रुपमा नवीकरणको बाटोबाट सच्याएर ५३३ जना नयाँ व्यक्तिको नाममा लाइसेन्स बनाएर  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको अख्तियारको आरोप छ ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाका तत्कालीन प्रमुखहरु  सम्बर बहादुर कार्की र राजुभाई कुस्मा, मेकानिकल इन्जिनियर विजय राज गिरी, सहायक स्तर (पाचौँ) कमल स्याङतान, सिनियर मेकानिक्स अच्युत प्रसाद फुयालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। यस्तै, कम्प्युटर अपरेटर (करार सेवा) प्रकाश कार्की, कम्प्युटर अपरेटर (करार सेवा) रेजु भट्टराई, कम्प्युटर अपरेटर (करार सेवा) रोसन राजभण्डारी, कम्प्युटर अपरेटर (करार सेवा) श्याम सुन्दर चौधरी, कम्प्युटर अपरेटर (करार सेवा) लक्ष्मी श्रेष्ठ, कम्प्युटर अपरेटर (करार सेवा) माया सेठी र कम्प्युटर अपरेटर (करार सेवा) रिचा श्रेष्ठविरुद्ध पनि मुद्दा दायर भएको छ। 

विचौलियाहरु हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भन्ने उद्धब बहादुर खत्री, दिपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्यसमेतको मिलेमतोमा  उनीहरुले ५३३ जना नयाँ व्यक्तिको नाममा लाइसेन्स जारी गरेको देखिएको अख्तियारले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो