१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्कली लाइसेन्स बनाएको आरोपमा यातायात कार्यालय एकान्तकुनाका १७ जनाविरुद्ध मुद्दा

७ असार २०७९, मंगलवार ०९:५१

असार ७, काठमाडौं | विविध कारणले नवीकरण नभएका, रद्द भएका तथा म्याद सकिएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को गैरकानुनी रुपमा नवीकरण गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना (ललितपुर)का १२ जना कर्मचारी र ५ जना विचौलिया गरी १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। ।

फेल भएकालाई लाइसेन्स प्रकरण : सहसचिवसहित यातायातका १७ कर्मचारीलाई सफाइ,  चारजना दोषी ठहर

उनीहरुले नवीकरण नभएका तथा स्वत: रद्द भएका सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमति पत्र गैरकानूनी रुपमा नवीकरणको बाटोबाट सच्याएर ५३३ जना नयाँ व्यक्तिको नाममा लाइसेन्स बनाएर  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको अख्तियारको आरोप छ ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाका तत्कालीन प्रमुखहरु  सम्बर बहादुर कार्की र राजुभाई कुस्मा, मेकानिकल इन्जिनियर विजय राज गिरी, सहायक स्तर (पाचौँ) कमल स्याङतान, सिनियर मेकानिक्स अच्युत प्रसाद फुयालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। यस्तै, कम्प्युटर अपरेटर (करार सेवा) प्रकाश कार्की, कम्प्युटर अपरेटर (करार सेवा) रेजु भट्टराई, कम्प्युटर अपरेटर (करार सेवा) रोसन राजभण्डारी, कम्प्युटर अपरेटर (करार सेवा) श्याम सुन्दर चौधरी, कम्प्युटर अपरेटर (करार सेवा) लक्ष्मी श्रेष्ठ, कम्प्युटर अपरेटर (करार सेवा) माया सेठी र कम्प्युटर अपरेटर (करार सेवा) रिचा श्रेष्ठविरुद्ध पनि मुद्दा दायर भएको छ। 

विचौलियाहरु हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भन्ने उद्धब बहादुर खत्री, दिपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्यसमेतको मिलेमतोमा  उनीहरुले ५३३ जना नयाँ व्यक्तिको नाममा लाइसेन्स जारी गरेको देखिएको अख्तियारले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ