सन्तोषकुमार गुप्ता । भदौ २१, देउखुरी | नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा सिचाई मन्त्री दिपक गिरीले बाढी पहिरो नियन्त्रणका लागि आफुले ब्ल्याक स्पोट बनाउने उद्घोष गरेका छन् । उनले त्यसका लागि बाढी पहिरोको उच्च जोखिमम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । भदौ २१, देउखुरी | नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा सिचाई मन्त्री दिपक गिरीले बाढी पहिरो नियन्त्रणका लागि आफुले ब्ल्याक स्पोट बनाउने उद्घोष गरेका छन् । उनले त्यसका लागि बाढी पहिरोको उच्च जोखिमम"/>
३ कार्तिक २०८१, शनिबार
काठमाडौँ - KTM

सिँचाईमन्त्री गिरी दिनभर देउखुरीमा

२१ भाद्र २०७३, मंगलवार १५:३२


सन्तोषकुमार गुप्ता । भदौ २१, देउखुरी | नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा सिचाई मन्त्री दिपक गिरीले बाढी पहिरो नियन्त्रणका लागि आफुले ब्ल्याक स्पोट बनाउने उद्घोष गरेका छन् । उनले त्यसका लागि बाढी पहिरोको उच्च जोखिममा रहेको क्षेत्रहरुको पहिचान गर्न बिज्ञ टोली गठन गरिने र त्यसको आधारमा ब्लयाक स्पोट निर्माणका लागि आकष्मिक कोषको ब्यबस्था गर्न मन्त्रालयले आबश्यक पहल चाल्ने आश्वासन दिए । 

सिचाई मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला दाङ आएका मन्त्री गिरीले नेपाल प्रेस युनियन राप्तीले मंगलवार दाङको लमहीमा आयोजना गरेको स्वागत सम्मान तथा पत्रकार भेटघाटका अबसरमा बोल्दै सो कुरा बताए । अर्को एक फरक प्रसङ्गगमा बोल्दै मन्त्री गिरीले दाङको देउखुरी उपत्यकाको नदी नियन्त्रण तथा तटबन्धन, सहित जिल्लामा सिचाई सुविधा नपुगेको क्षेत्रमा सुचाई सुबिधा पुर्याउन आफ्नो पहिलो र्कतब्य र कार्यभार रहेको पनि बताए । नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य तथा राप्ती अञ्चल सयोजक केपी घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सहर्जीकरण अञ्चल सचिब लिला शाहले गरेकी थिईन् । यसैबीच नेपाली काग्रेस क्षेत्र नम्बर १ ले मंगलबार नै लमहीमा नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा सिचाईृ मन्त्री दिपक गिरीलाई स्वागत तथा सम्मान गरेको छ । क्षेत्रिय सभापति भेषराज पाण्डे सहितका पार्टीका अन्ँय पदाधिकारी महिला सघ, लगायतले पार्टी कार्यालय लमहीमा स्वागत गरेका थिए । सो अबसरमा बोल्दै मन्त्री गिरीले दाङ जिल्लाको पाँचै निर्बाचन क्षेत्रमा सिचाई सुबिधा पुर्याउन आफु लागि पर्ने बताए । उनले पैसाको अभाबमा कुनै पनि किसान सिचाईको अभाबमा बस्न पर्ने अबस्थाको श्रृजना हुन नदिनका लागि आफुले बिशेष पहल थाल्ने बताए । मन्त्री गिरीले मंगलवार नै देउखुरीको बड्कापथ सिचाई आयोजनाको अबलोकन गर्नुका साथै लमहीमा रहेको प्रगन्ना कुलो सिचाई आयोजना लगायतका सिचाई कार्यालयहरुको अबलोकन समेत गरे । 


    यसैबीच सिचाई मन्त्री दिपक गिरीलाई देउखुरी क्षेत्रका उपभोक्ता किसानहरुले सिचाई सुबिधाका लागि ज्ञापन पत्र बुझाएका छन् । सिचाई मन्त्री गिरीको स्वागत तथा सम्मानमा नेपाली काग्रेस क्षेत्र नम्बर १ ले आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागी किसानहरुले मन्त्री गिरीलाई बिभिन्न ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा सिसहनियाँ देखि लमही नगरपालिका २ र ३ बलरामपुर सम्म १३ किलोमिटर नदि नियन्त्रण, बेला ७ मा डिप बोरिङको ब्यबस्था, प्रगन्ना सिचाई आयोजना अन्र्तगत नारायणपुर प्रणालीको कार्य आरम्भ, लमही नगरपालिका ८ र ९को राप्ती नदी कटान नियन्त्रण, लमही नगरपालिका ९, १० र ११ को अर्जुन खोला सिचाई आयोजनाको मर्मत सम्भाार, लमही २ डोरही अन्र्तगतका कच्ची कुलो पक्की बनाउने, राजपुर २ मा डिप बोरिङको ब्यबस्था, लालमटिया १ मा बसन्तापुर कुलो निर्माण, लमही ५ टिकुलीगढ सिसहनिया बाँध निर्माण, साथै प्रगन्ना सिचाई आयोजनालाई सतबरिया सम्म, बेला ८ कालीपुरुवा गाउँमा राप्ती कटान नियन्त्रण र बड्कापथ सिचाई आयोजनालाई राजपुर गाबिसको सिक्टा सम्म पु¥याउनु पर्ने माग सहित मन्त्री गिरीलाई देउखुरीबासीहरुले ज्ञापन पत्र बुझाएका हुन । 

     त्यसैगरी देउखुरीको लालमटिया ८ मसुरियामा पनि नेपाली काग्रेस इकाई समितिले पनि सिचाई मन्त्री गिरीलाई स्वागत तथा सम्मान गरेको छ । इकाई सभापति दुर्योधन पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सिचाई मन्त्री गिरीले आफु पहिलो पटक सिचाई मन्त्री हुनुमा दाङबासीको सहयोग रहेको बताउदै अहिले पनि दाङ र देउखुरी क्षेत्र सिचाई सुविधाबाट बञ्चित रहेकाले आफनो पहिलो प्राथामिता सिचाई रहेकाले क्रमश क्षेत्र नं. १ देखि पहल गर्ने बचनवद्धता व्यक्त गरे । साथै मन्त्री गिरीले भाषण भन्दा काम गरेर देखाउने समेत बताए । महाधिवेशन प्रतिनिधि नुमानन्द सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन हरि भुसालले गरेका थिए । साथै कार्यक्रममा विभिन्न पार्टी परित्याक गरी ७१ जना बढी कार्यकर्ता नेपाली काग्रेसमा प्रवेश गरेका छन् भने विभिन्न संघ संस्था तथा उपभोक्ता समितिहरुले मन्त्री गिरीलाई ज्ञापन पत्र समेत बुझाएका थिए । मन्त्री गिरीलाई देउखुरीमा पार्टीका कार्यकर्ता र स्थानीयहरुले ठाउँ ठाउँमा स्वागत गरेका छन् । गिरी बुधबार पनि जिल्लाका विभिन्न कार्यक्रममा सहधागी हुने कार्यक्रम रहेको नेपाली काँग्रेस दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो