सन्तोषकुमार गुप्ता । भदौ २१, देउखुरी | नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा सिचाई मन्त्री दिपक गिरीले बाढी पहिरो नियन्त्रणका लागि आफुले ब्ल्याक स्पोट बनाउने उद्घोष गरेका छन् । उनले त्यसका लागि बाढी पहिरोको उच्च जोखिमम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । भदौ २१, देउखुरी | नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा सिचाई मन्त्री दिपक गिरीले बाढी पहिरो नियन्त्रणका लागि आफुले ब्ल्याक स्पोट बनाउने उद्घोष गरेका छन् । उनले त्यसका लागि बाढी पहिरोको उच्च जोखिमम"/>
2026-09-19 04:13 PM
काठमाडौँ - KTM

सिँचाईमन्त्री गिरी दिनभर देउखुरीमा


सन्तोषकुमार गुप्ता । भदौ २१, देउखुरी | नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा सिचाई मन्त्री दिपक गिरीले बाढी पहिरो नियन्त्रणका लागि आफुले ब्ल्याक स्पोट बनाउने उद्घोष गरेका छन् । उनले त्यसका लागि बाढी पहिरोको उच्च जोखिममा रहेको क्षेत्रहरुको पहिचान गर्न बिज्ञ टोली गठन गरिने र त्यसको आधारमा ब्लयाक स्पोट निर्माणका लागि आकष्मिक कोषको ब्यबस्था गर्न मन्त्रालयले आबश्यक पहल चाल्ने आश्वासन दिए । 

सिचाई मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला दाङ आएका मन्त्री गिरीले नेपाल प्रेस युनियन राप्तीले मंगलवार दाङको लमहीमा आयोजना गरेको स्वागत सम्मान तथा पत्रकार भेटघाटका अबसरमा बोल्दै सो कुरा बताए । अर्को एक फरक प्रसङ्गगमा बोल्दै मन्त्री गिरीले दाङको देउखुरी उपत्यकाको नदी नियन्त्रण तथा तटबन्धन, सहित जिल्लामा सिचाई सुविधा नपुगेको क्षेत्रमा सुचाई सुबिधा पुर्याउन आफ्नो पहिलो र्कतब्य र कार्यभार रहेको पनि बताए । नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य तथा राप्ती अञ्चल सयोजक केपी घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सहर्जीकरण अञ्चल सचिब लिला शाहले गरेकी थिईन् । यसैबीच नेपाली काग्रेस क्षेत्र नम्बर १ ले मंगलबार नै लमहीमा नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा सिचाईृ मन्त्री दिपक गिरीलाई स्वागत तथा सम्मान गरेको छ । क्षेत्रिय सभापति भेषराज पाण्डे सहितका पार्टीका अन्ँय पदाधिकारी महिला सघ, लगायतले पार्टी कार्यालय लमहीमा स्वागत गरेका थिए । सो अबसरमा बोल्दै मन्त्री गिरीले दाङ जिल्लाको पाँचै निर्बाचन क्षेत्रमा सिचाई सुबिधा पुर्याउन आफु लागि पर्ने बताए । उनले पैसाको अभाबमा कुनै पनि किसान सिचाईको अभाबमा बस्न पर्ने अबस्थाको श्रृजना हुन नदिनका लागि आफुले बिशेष पहल थाल्ने बताए । मन्त्री गिरीले मंगलवार नै देउखुरीको बड्कापथ सिचाई आयोजनाको अबलोकन गर्नुका साथै लमहीमा रहेको प्रगन्ना कुलो सिचाई आयोजना लगायतका सिचाई कार्यालयहरुको अबलोकन समेत गरे । 


    यसैबीच सिचाई मन्त्री दिपक गिरीलाई देउखुरी क्षेत्रका उपभोक्ता किसानहरुले सिचाई सुबिधाका लागि ज्ञापन पत्र बुझाएका छन् । सिचाई मन्त्री गिरीको स्वागत तथा सम्मानमा नेपाली काग्रेस क्षेत्र नम्बर १ ले आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागी किसानहरुले मन्त्री गिरीलाई बिभिन्न ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा सिसहनियाँ देखि लमही नगरपालिका २ र ३ बलरामपुर सम्म १३ किलोमिटर नदि नियन्त्रण, बेला ७ मा डिप बोरिङको ब्यबस्था, प्रगन्ना सिचाई आयोजना अन्र्तगत नारायणपुर प्रणालीको कार्य आरम्भ, लमही नगरपालिका ८ र ९को राप्ती नदी कटान नियन्त्रण, लमही नगरपालिका ९, १० र ११ को अर्जुन खोला सिचाई आयोजनाको मर्मत सम्भाार, लमही २ डोरही अन्र्तगतका कच्ची कुलो पक्की बनाउने, राजपुर २ मा डिप बोरिङको ब्यबस्था, लालमटिया १ मा बसन्तापुर कुलो निर्माण, लमही ५ टिकुलीगढ सिसहनिया बाँध निर्माण, साथै प्रगन्ना सिचाई आयोजनालाई सतबरिया सम्म, बेला ८ कालीपुरुवा गाउँमा राप्ती कटान नियन्त्रण र बड्कापथ सिचाई आयोजनालाई राजपुर गाबिसको सिक्टा सम्म पु¥याउनु पर्ने माग सहित मन्त्री गिरीलाई देउखुरीबासीहरुले ज्ञापन पत्र बुझाएका हुन । 

     त्यसैगरी देउखुरीको लालमटिया ८ मसुरियामा पनि नेपाली काग्रेस इकाई समितिले पनि सिचाई मन्त्री गिरीलाई स्वागत तथा सम्मान गरेको छ । इकाई सभापति दुर्योधन पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सिचाई मन्त्री गिरीले आफु पहिलो पटक सिचाई मन्त्री हुनुमा दाङबासीको सहयोग रहेको बताउदै अहिले पनि दाङ र देउखुरी क्षेत्र सिचाई सुविधाबाट बञ्चित रहेकाले आफनो पहिलो प्राथामिता सिचाई रहेकाले क्रमश क्षेत्र नं. १ देखि पहल गर्ने बचनवद्धता व्यक्त गरे । साथै मन्त्री गिरीले भाषण भन्दा काम गरेर देखाउने समेत बताए । महाधिवेशन प्रतिनिधि नुमानन्द सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन हरि भुसालले गरेका थिए । साथै कार्यक्रममा विभिन्न पार्टी परित्याक गरी ७१ जना बढी कार्यकर्ता नेपाली काग्रेसमा प्रवेश गरेका छन् भने विभिन्न संघ संस्था तथा उपभोक्ता समितिहरुले मन्त्री गिरीलाई ज्ञापन पत्र समेत बुझाएका थिए । मन्त्री गिरीलाई देउखुरीमा पार्टीका कार्यकर्ता र स्थानीयहरुले ठाउँ ठाउँमा स्वागत गरेका छन् । गिरी बुधबार पनि जिल्लाका विभिन्न कार्यक्रममा सहधागी हुने कार्यक्रम रहेको नेपाली काँग्रेस दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा