२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्ट फिल्म अवार्डमा ‘थर्ड आई’ उत्कृष्ट

९ असार २०७९, बिहीबार ०६:५५

असार ९, काठमाडौं | दुई दर्जन नेपाली सर्ट फिल्म बीचको प्रतिस्पर्धामा ‘सर्वोत्कृष्ट सर्ट फिल्म’को अवार्ड आसुतोष प्रोडक्सनको फिल्म ‘थर्ड आई’ले जितेको छ । स्टार वन इन्टरटेनमेन्ट र विलक्षण क्रियसनले आयोजना गरेको ‘तेस्रो नेपाल सर्ट फिल्म अवार्ड २०२२’ मा ‘थर्ड आई’ उत्कृष्ट भएको हो ।

प्रतिस्पर्धामा ‘थर्ड आई’का लागि ‘सोसियल फिल्म’तर्फको ‘उत्कृष्ट निर्देशकको अवार्ड’ आशुतोष अधिकारीले, अभिनेत्रीतर्फ ‘जुरी अवार्ड’ अभिनेत्री कमला अधिकारीले र केडी प्रसितले ‘सह–अभिनेता’को अवार्ड जिते ।


प्रतिष्पर्धामा ‘सर्वोत्कृष्ट सर्ट फिल्म निर्देशक’को अवार्ड फिल्म ‘अवसान’बाट कल्याण अधिकारीले जित्दा ‘उत्कृष्ट अभिनेता’को अवार्ड प्रदीप बाँस्तोलाले र ‘अभिनेत्री अवार्ड’ फिल्म ‘म मेरी बहिनी र उ’बाट सुजाता तिमल्सिनाले पोल्टामा पारिन् ।

त्यस्तै फिल्म ‘दानव’बाट मोहम्मद रफी शाहले निर्देशनतर्फ नै ‘जुरी अवार्ड’, फिल्म ‘१२ ए एम’बाट ‘नवनिर्देशक अवार्ड’ दिवश गिरीले जिते । ‘उत्कृष्ट छायाँकार’को अवार्ड फिल्म ‘कलेज लाइफ’बाट मनोज चौधरीले, ‘उत्कृष्ट सम्पादन’को अवार्ड फिल्म ‘इति’बाट नवीन निरौलाले प्राप्त गरेका छन् ।

‘नव–अभिनेता’को अवार्ड ‘द टाईम’बाट अभिषेक खकुरेलले हात पार्दा यही फिल्मबाट सुदीप कुँवरले ‘नव–निर्देशक’को अवार्ड चुमे ।

नेपाल सर्ट फिल्म अवार्डको निर्णायकमा फिल्म निर्देशक मधुसुदन भट्टराई, पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुवेदी, पत्रकार विष्णुप्रसाद सुवेदी, अभिनेता विकास चापागाईं, गजित विष्ट, गोपाल ढकाल ‘छन्दे’ र फिल्म लेखक शिवम अधिकारी थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै