१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० सेकेन्डसम्म एउटा खुट्टामा उभिन नसक्नेलाई मृत्युको जोखिम उच्च

९ असार २०७९, बिहीबार ०७:१५

असार ९, लन्डन | एजेन्सी | तपाइँमा एउटा मात्र खुट्ट टेकेर केही बेर उभिने बानी छ कि छैन् ? यदि छैन् भने केही सेकेन्डका लागि भए पनि उभिने प्रयास गर्ने कि ? किनकी एउटा पछिल्लो अध्ययनले कम्तीमा १० सेकेन्ड एउटा खुट्टामा उभिन नसक्ने वयस्क व्यक्तिमा मृत्युको जोखिम हुने गर्छ । ब्रिटिश जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनमा यस्ताे दाबी गरिएको हो । 


बिनासहयोग उभिनेभन्दा साधारण सन्तुलन परीक्षणको साथ संघर्ष गर्ने स्वयंसेवकहरूमा आगामी १० वर्षमा मृत्यु हुने सम्भावना ८४ प्रतिशत रहेको अन्वेषकहरूले बताएका छन्। 

सन् २००९ मा ब्राजिलमा ५० वर्षभन्दा माथिका १ हजार ७०२ व्यक्तिहरूमा गरिएको फिटनेस र स्वास्थ्यको अध्ययनबाट उक्त नतिजा आएको हो । सहभागीहरूलाई एउटा खुट्टा उठाएर जमिन नछोइकन तल्लो खुट्टाको पछाडि राख्न भनिएको थियो । त्यस्तै, आफ्ना हातहरू छेउमा राखेर अगाडि हेर्न भनिएको थियो ।

सहभागीलाई तीन पटकसम्म त्यसो गर्न भनिएको थियो । पाँच जनामध्ये एक जना परीक्षणमा फेल खाएका थिए । फेल खानेहरु कमजोर स्वास्थ्य अवस्थाका थिए । 

विश्वभर लडेर हरेक वर्ष ६ लाख ८० हजारभन्दा बढी मानिसको मृत्यु हुन्छ । अनुसन्धानकर्ताहरूका अनुसार १० सेकेन्डको परीक्षणले मात्र जोखिममा परेकाहरूलाई सजिलैसँग पहिचान गर्न मद्दत गर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ