Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रकाश सुवेदीको कार्यक्रममा गएर पत्रकारलाई पैसा बाँडेको भन्दै रन्किए दुर्गा प्रसाई

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असार ७, काठमाडौं | संयुक्त अरब इमिरेट्स (यूएई) का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको ‘सुनको लौरो’ले खल्लबल्ल बनाएपछि उनी निकै रिसाएका छन् ।

मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईं यो पटक पनि पत्रकारसँगै रिसाएका छन् । उनले विमानस्थलमा भन्सार लाग्छ लाग्दैन मलाई थाहा नभएको तर भारतीय सीमानाबाट सामान नेपाल ल्याउने क्रममा ९९ सय रुपैयाँको सामान पुल मुनीबाट आउने र १ रुपैयाँको सामान भन्सार तिरेर पुलमाथिबाट आउने गरेको र त्यहाँ पत्रकारले पैसा खाएर समाचार नलेखेको भन्दै गम्भिर आरोप लगाएका छन् ।

प्रसाईले कार्यक्रम द प्रकाश सुवेदी शोमा बोल्दै भने मैले पत्रकारका खाता खातामा पैसा हालिदिएको रेकर्ड मसँग छ भन्दै भने प्रकाशजी तपाईलाई पनि पैसा चाहिएको भए खाता दिनुहोस् म पैसा हालिदिन्छु ।

कार्यक्रम द प्रकाश सुवेदी शोमा उक्त सुनको लौरोको रहस्य खोल्दै आँफुले उक्त झोला नै नखोलेको र काठमाडौँबाट फर्किए लगत्तै हेर्ने समेत बताएका छन् ।

दुबईका राज परिवारका सदस्यले दिएको उक्त लौरोबारे थप रहस्य खोल्दै उनले भने उक्त लौरो संयुक्त अरब इमिरेट्स ९यूएई०का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमका बुबाले मर्नु अघि छोरालाई दिएको अन्तिम उपहार भएको बताए । बाबुले मृत्युबरण गरिरहँदा पाएको मायाको चिनो राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले आँफुलाई दिएर यूएई र नेपालको मित्रताको एउटा इट्टा थपिएको बताए ।