पढ्न करिब 1 मिनेट लाग्छ

असार १०, काठमाडौं | विश्वभर झण्डै ३५०० जना मङ्कीपक्सका संक्रमित भेटिए पछि विश्व स्वास्थ्य नेटवर्क (डब्ल्यूएचएन) ले यो रोगलाई महामारी घोषणा गरेको छ। व्यापक क्षति रोक्नको लागि विश्वभरि संयुक्त प्रयास हासिल गर्न डब्ल्यूएचएनले मङ्कीपक्सको महामारी घोषणा गरेको हो ।

कुनै राेगकाे सङ्क्रमण विभिन्न देश एवं क्षेत्रमा बढेर अन्तर्राष्ट्रिय रूपमै ठूलो सङ्ख्यामा फैलियो भने यसलाई महामारी घोषणा गरिन्छ। अहिले ३ हजार ४ सय १७ जना भन्दा बढीमा मङ्कीपक्सको संक्रमण पुष्टि भएको डब्ल्यूएचएनले जनाएको छ। यो प्रकोप प्रमुख महाद्वीपहरूमा द्रुत रूपमा फैलिरहेको संगठनले जनाएको छ।

मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रतिदिन फैलिँदै गएकाले यसले विश्वलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन्। यो भाइरसका कारण मानिसको मृत्यु नै नहुने भएपछि सङ्क्रमण छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन चिकित्सकहरूले अनुरोध गरेका छन् ।