२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संकटमा पाकिस्तानी फिल्म

१२ असार २०७९, आईतवार ०२:१४

असार १२, काठमाडौं | पाकिस्तानका कलाकारहरू भलै बलिउड फिल्ममा नदेखिए पनि उनीहरूका फ्यान फलोइङ भारतमा उच्च छ । चाहे माहिरा खान हुन् या फवाद खान भारतीय फ्यानमाझ पाकिस्तानी कथावस्तु र कलाकार दुवै निकै प्रिय छन् । पाकिस्तानका टेलिफिल्मलाई भारतीय दर्शक जहाँबाट भए पनि खोजेर हेर्ने गरेका छन् ।

तर, अहिले भने पाकिस्तानी फिल्म एक कठिन संकटमा परेको छ । दर्शक थिएटरमा फिल्म हेर्न गइरहेका छैनन् । सिंगल थिएटरमात्र होइन मल्टीप्लेक्स हल पनि संकटमा पुगिसकेका छन् । थिएटर तथा हललाई भाडा र बिजुलीको बिल तिर्न पनि समस्या परेको छ ।

कराँचीमा एक लोकप्रिय थिएटर कापरी सिनेमाले फिल्म प्रदर्शनका लागि नयाँ नियम बनाएको छ । जसअनुसार यो सिंगल थिएटरमा अब हप्ता हप्तामा मात्र फिल्म रिलिज हुनेछ । यसको प्रमुख कारण पाकिस्तानी जनतालाई पुनः थिएटरमा तान्नु हो ।

कोभिड संक्रमण रोकिएपछि जब पाकिस्तानी सरकारले पुनः थिएटर खोल्नका लागि अनुमति दियो, तब थिएटर मालिक कसैले पनि सटर उठाउन चाहेनन् । पाकिस्तानमा बलिउड फिल्मको शो बन्द भएपछि नै फिल्मका वितरक, निर्माता र थिएटर मालिकबीच एक शीतयुद्ध चलेको थियो । कोभिडका कारण पटक पटक फिल्म हल बन्द भएपछि त्यहाँको फिल्मको व्यापारको अवस्था झन खस्कियो ।

हलिउडको ‘डाक्टर स्ट्रेन्ज एण्ड द मल्टीवर्स अफ मेडनेस’ र ‘टप गनः मेवेरिक’ जस्ता फिल्मको टिकट बिक्न त बिक्यो, तर फिल्मले त्यहाँ दमदार कमाई गर्न सकेन । एक थिएटर सञ्चालकले यस्तै अवस्था आइरहे आफूले व्यापार बन्द गर्ने बताए । किनकी थिएटरमा खर्च कमाई भन्दा बढी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै