2026-09-19 09:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संकटमा पाकिस्तानी फिल्म

असार १२, काठमाडौं | पाकिस्तानका कलाकारहरू भलै बलिउड फिल्ममा नदेखिए पनि उनीहरूका फ्यान फलोइङ भारतमा उच्च छ । चाहे माहिरा खान हुन् या फवाद खान भारतीय फ्यानमाझ पाकिस्तानी कथावस्तु र कलाकार दुवै निकै प्रिय छन् । पाकिस्तानका टेलिफिल्मलाई भारतीय दर्शक जहाँबाट भए पनि खोजेर हेर्ने गरेका छन् ।

तर, अहिले भने पाकिस्तानी फिल्म एक कठिन संकटमा परेको छ । दर्शक थिएटरमा फिल्म हेर्न गइरहेका छैनन् । सिंगल थिएटरमात्र होइन मल्टीप्लेक्स हल पनि संकटमा पुगिसकेका छन् । थिएटर तथा हललाई भाडा र बिजुलीको बिल तिर्न पनि समस्या परेको छ ।

कराँचीमा एक लोकप्रिय थिएटर कापरी सिनेमाले फिल्म प्रदर्शनका लागि नयाँ नियम बनाएको छ । जसअनुसार यो सिंगल थिएटरमा अब हप्ता हप्तामा मात्र फिल्म रिलिज हुनेछ । यसको प्रमुख कारण पाकिस्तानी जनतालाई पुनः थिएटरमा तान्नु हो ।

कोभिड संक्रमण रोकिएपछि जब पाकिस्तानी सरकारले पुनः थिएटर खोल्नका लागि अनुमति दियो, तब थिएटर मालिक कसैले पनि सटर उठाउन चाहेनन् । पाकिस्तानमा बलिउड फिल्मको शो बन्द भएपछि नै फिल्मका वितरक, निर्माता र थिएटर मालिकबीच एक शीतयुद्ध चलेको थियो । कोभिडका कारण पटक पटक फिल्म हल बन्द भएपछि त्यहाँको फिल्मको व्यापारको अवस्था झन खस्कियो ।

हलिउडको ‘डाक्टर स्ट्रेन्ज एण्ड द मल्टीवर्स अफ मेडनेस’ र ‘टप गनः मेवेरिक’ जस्ता फिल्मको टिकट बिक्न त बिक्यो, तर फिल्मले त्यहाँ दमदार कमाई गर्न सकेन । एक थिएटर सञ्चालकले यस्तै अवस्था आइरहे आफूले व्यापार बन्द गर्ने बताए । किनकी थिएटरमा खर्च कमाई भन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो