भदौ २२, रोल्पा । रोल्पा स्थानीयतह पुनःसंरचना प्राविधिक सहयोग समिति, रोल्पाले सातवटा स्थानीय तहको पुनःसंरचनाको खाका तयार गरी मङ्गलबार आयोगमा पठाएको छ । जिल्लाका राजनीतिक दलबीच लामो समयसम्म आपसी सहमति हुन नसक्दा आयोगमा पठाउन समय लागेको हो ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, रोल्पा । रोल्पा स्थानीयतह पुनःसंरचना प्राविधिक सहयोग समिति, रोल्पाले सातवटा स्थानीय तहको पुनःसंरचनाको खाका तयार गरी मङ्गलबार आयोगमा पठाएको छ । जिल्लाका राजनीतिक दलबीच लामो समयसम्म आपसी सहमति हुन नसक्दा आयोगमा पठाउन समय लागेको हो । 
२८ मंसिर २०८२, शनिबार
राजनीति

रोल्पाबाट सातवटा स्थानीय तहको सिफारिस

२२ भाद्र २०७३, बुधबार ०४:०५

भदौ २२, रोल्पा । रोल्पा स्थानीयतह पुनःसंरचना प्राविधिक सहयोग समिति, रोल्पाले सातवटा स्थानीय तहको पुनःसंरचनाको खाका तयार गरी मङ्गलबार आयोगमा पठाएको छ । जिल्लाका राजनीतिक दलबीच लामो समयसम्म आपसी सहमति हुन नसक्दा आयोगमा पठाउन समय लागेको हो । 

मङ्गलबारसम्ममा देशभर जम्मा २१ जिल्लाले मात्र प्रतिवेदन आयोगमा पठाएकाले अन्य जिल्लाको तुलनामा भने रोल्पा अग्रस्थानमा नै आएको छ । दलले आ–आफ्नो फरक खाका प्रस्तुत गर्दै भदौ १३ गते पाँचवटा स्थानीय तहका लागि सहमति गरेतापनि पछिल्लो समयमा त्यसैलाई लिएर जिल्लामा असन्तुष्टि आउँदा उपराष्ट्रपति, सभामुख र उपप्रधानमन्त्री बहाल रहिरहेको जिल्लामा उनीहरुकै पार्टीका जिल्ला संयोजकले एउटा बैठकको माइन्युट च्यात्दा राजनीतिक तरङ्ग पैदा भएको थियो । 

यसैबीच, सोमबार सर्वदलीय संयन्त्रसहितको बैठक बसी सातवटा स्थानीय तहको खाकामा सहमति भएपछि समितिले प्रतिवेदन पठाएको हो । 

यद्यपि राप्रपा नेपालले भने उक्त बैठकमा भाग लिए तापनि माइन्युटमा हस्ताक्षर नगरेको प्राविधिक सहयोग समितिका संयोजक स्थानीय विकास अधिकारी सुशील वैद्यले पत्रकारसँग बताउनुभयो । मङ्गलबार प्रतिवेदन पठाइसकेपछि स्थानीय विकास अधिकारीले जिविसमा पत्रकारसँग भेटघाटको आयोजना गर्नुभएको थियो । 

उहाँले राजनीतिक दलको सहमतिमा यस जिल्लामा स्थानीय तहको सातवटा सङ्ख्या कम भएकाले ११ वटा स्थानीय तह कायम गर्न आयोगमा सिफारिस गरी पठाउने, लिबाङमा कार्यविधि र कार्यसर्तले तोकेको भन्दा जनसङ्ख्या एक हजार ५३९ कम भएतापनि नगरपालिका सिफारिस गर्ने, गाम गाविस अत्यन्त विकट र ठूलो गाविस भएकाले दुईवटा वडा कायम गर्ने, थबाङ गाविसलाई विशेष क्षेत्रका रुपमा गाउँपालिका बनाउन सिफारिस गर्नेजस्ता निर्णय पनि पठाएको जानकारी दिनुभयो । 

समितिले आयोगमा सिफारिस गरी पठाएको लिबाङ नगरपालिकाको केन्द्र लिबाङ र जनसङ्ख्या ४२ हजार २९२, लुङ्ग्री गाउँपालिकाको केन्द्र सुलिचौर र जनसङ्ख्या ३८ हजार २६९, सुनछहरी गाउँपालिकाको केन्द्र पोबाङ र जनसङ्ख्या २६ हजार ८२०, जलजला गाउँपालिकाको केन्द्र पुतलाखेत वा कुरेली र जनसङ्ख्या २७ हजार ६८९, रुन्टीगढी गाउँपालिकाको केन्द्र होलेरी र जनसङ्ख्या २६ हजार ५७०, त्रिवेणी गाउँपालिकाको केन्द्र त्रिवेणी वा तिला र जनसङ्ख्या २२ हजार ९५७ साथै सुकीदह गाउँपालिकाको केन्द्र घर्तीगाउँ वा सुखाओडार तथा जनसङ्ख्या ३३ हजार ५८९ रहेको पत्रकार भेटघाटमा जानकारी गराइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने