पढ्न करिब 1 मिनेट लाग्छ

असार १२, मुम्बई | साउथ स्टार अल्लू अर्जुनको लोकप्रियता फिल्म ‘पुष्पाः द राइज’ पनि अझ बढेको छ । फिल्म ब्लकबस्टर भएसँगै कमाईको मामिलामा पनि कैयौं रेकर्ड तोडिदिएको थियो । अब फ्यानहरू यसको सिक्वेल ‘पुष्पाः द रुल’को पखाईमा छन् । जसको सुटिङ चाँडै सुरु हुँदैछ ।

अल्लूले सिक्वेलका लागि आफ्नो तौल पनि बढाएका छन् । जसकारण उनी ट्रोलरको निसानामा परेका छन् ।

हालैमात्र अल्लू प्रिन्टेड निलो टी सर्ट र कालो ट्राउजरमा सार्वजनिक रूपमा देखिएका थिए । उनको बढेको कपाल र दाह्री देखेर फ्यान खुसी थिए । तर त्यही ट्रोलरले भने उनलाई निसानामा पारे । सामाजिक सञ्जालमा भाइरल भएको उनको तस्बिरमा ट्रोलरले ट्रोल बनाइरहेका छन् ।

‘यो कुनै सडक छाप चोर जस्तै देखिएको छ । साउथवाला यो भिखारीका लागि किन पागल हुन्छन्’, एक प्रयोगकर्ताले लेखेका छन् । अर्काले ‘दिनदिनै बुढो हुँदैछ’ भनेर लेखेका छन् ।