२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आरडी बर्मन र आशा भोसलेको प्रेम किस्सा

१३ असार २०७९, सोमबार ०७:२६

एजेन्सी | भारतीय फिल्मको दुनियाँमा संगीतमा नयाँ आयाम दिने संगीतकार आरडी बर्मन अर्थात् राहुल देव बर्मनको आज जन्मजयन्ती हो । ६० देखि ९० को दशकसम्म उनका गीत लोकप्रिय थिए । आज पनि उनको गीत सुन्न जोकोही चाहन्छन् । आरडीलाई सबैले मायाले ‘पञ्चम दा’ भनेर बोलाउँथे । उनले तीन सय बढी फिल्ममा संगीत दिए । उनलाई बलिउडको सफल संगीतकार मानिन्छ ।


उनले किशोर कुमार र आशा भोसले जस्ता गायक गायिकालाई ‘सुपरस्टार गायक गायिका’ बनाए । आरडी गायिका आशालाई मन पराउँथे र एकदिन उनले विवाहको प्रस्ताव राखे । आशा पनि आरडीलाई मनपराउँथिन्, तर विवाह प्रस्तावलाई अस्वीकार गरिन् । निकै लामो समयसम्म प्रेम र अस्वीकार चलिरह्यो र अन्ततः उनीहरु एकअर्काका भए ।

आरडीले दुई विवाह गरेका थिए । पहिलो विवाह रीता पटेलसँग भएको थियो, तर उनीसँग सम्बन्धविच्छेद भयो । आशाको पनि यो दोस्रो विवाह थियो । आशासँग आरडीको पहिलो भेट सन् १९७० मा भएको थियो । सम्बन्धविच्छेदपछि आरडी एक्लो थिए । यता आशाका पति गणपतरावको पनि सन् १९६६ मा निधन भएको थियो । दुवै एक्लाएक्लै भए पनि सांगीतिक सहकार्य जारी थियो । ‘पिया तू ब तो आजा’ र ‘दम मारो दम’ जस्ता गीतले आशालाई लोकप्रिय बनायो । यी दुवै गीतको कम्पोज आरडीले नै गरेका थिए ।

आरडी र आशा दुवैको जिन्दगीबाट जीवनसाथी अलग भएपछिको अनुभव र पीडा करिब करिब एउटै थियो, त्यहीकारण दुवैको बीचको प्रेम गहिरो थियो । आरडीले एकदिन आशालाई विवाहको प्रस्ताव गरे, तर आशाले यस कुरालाई अस्वीकार गरिन् । आरडी उमेरमा आशाभन्दा ५ वर्ष कान्छा थिए । तर, आशाले विवाह प्रस्ताव अस्वीकार गर्नुमा उमेर कारण थिएन । उनी पतिको निधनको शोकबाट बाहिर निस्किएकी थिइनन् । तर आरडी हार मान्ने अवस्थामा थिएनन् । जसोतसो उनले आशालाई विवाहका लागि राजी बनाए । यो काममा उनलाई लता मंगेशकरले सहयोग गरेकी थिइन् । अन्ततः उनीहरुले सन् १९८० मा विवाह गरे ।

आशा र आरडीको विवाहलाई लिएर अर्को एउटा रोचक किस्सा छ । जुन लता मंगेशकरसँग जोडिएको छ । लतासम्बन्धमा आरडीको जेठी सासु थिइन् । आरडी लतालाई ‘दिदी’ भनेर बोलाउँथे । लताले आरडीसँग सहकार्य गर्दै कैयौं सुपरहिट गीत दिए । लताले चैतन्य पादुकोणको पुस्तक ‘आरडी बरमनिया’मा आरडीसँगको सम्बन्धका बारेमा उल्लेख गरेकी छन् ।

‘जब आरडी र आशाको विवाह भयो, तब आरडीले मलाई ‘हामी तपाईंबाट कुनै महंगो उपहार चाहँदैनौं । यदि तपाईं दिन चाहनुहुन्छ भने मलाई एक वैवाहिक जीवनलाई सुन्दर बनाउनका लागि के के गर्नुपर्छ र के के गर्नुहुँदैन भन्ने कुराको परामर्श पत्र लेखेर दिनुहोस् भनेका थिए’, लताले भनेकी छन् । लताका अनुसार उनले दिएको त्यो पत्र आरडीले जिन्दगीभर सम्हालेर राखेका थिए ।

आरडीको ५४ वर्षको उमेरमा सन् १९९४ जनवरी ४ मा हृदयघातका कारण निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै