२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सलमानपछि स्वरालाई ज्यान मार्ने धम्की

२०७९, १६ असार बिहीबार ०७:४८

असार १६, काठमाडौं | बलिउड अभिनेता सलमान खानपछि अभिनेत्री स्वरा भास्करलाई पनि ज्यान मार्ने धम्की आएको छ । मुम्बईस्थित भर्सावामा रहेकी उनलाई आफ्नै निवासमा ज्यान मार्ने धम्कीसहितको पत्र आएको हो । 


धम्की आएसँगै स्वराले मुम्बई प्रहरीमा एफआईआर दर्ता गराएकी छिन् । स्वरालाई हिन्दी भाषामा ज्यान मार्ने धम्की आएको हो । चेतावनी शीर्षक र स्वरा भास्करको नाम पत्रको माथि उल्लेख गर्दै लेखिएको छ, “….सावरकर जीको अपमान हामी सहँदैनौँ, यस देशका युवाहरू आरामले आफ्नो फिल्म बनाउनु नत्र अन्त्येष्टि उठ्नेछ, आफ्नो बुबालाई सोध्नु केके छ यो देशका लागि । जय हिन्द देशका युवाहरू ।” पत्रको खाममा भने पठाउनेमा रणवीर नामसहित ठेगाना उल्लेख गरिएको छ । 

उक्त चेतावनीपत्र सामाजिक सञ्जालमा राख्दै स्वरा लेख्छिन्, “देशका युवाहरू सडकमा रोजगारीको माग गरिरहेका छन्, यी प्रजाति महँगी, बेरोजगारी, भोकमरी सबै सहन्छन्…यद्यपि, ऐतिसाहिक सत्य र तथ्य सहँदैनन् !”

मुम्बई प्रहरीका एक अधिकारीका अनुसार उजुरीको आधारमा अज्ञात व्यक्तिहरूविरुद्ध गैर–अज्ञात अपराध दर्ता गरिएको छ र अनुसन्धान जारी गरेको छ । 

यता बलिउड अभिनेता सलमान खान र उनका बुबा सलिम खानविरुद्ध पञ्जाबी गायक सिधु मोसेवालाको निधनपछि ज्यान मार्ने धम्की आएको थियो । बुबा सलिम खानका सुरक्षाकर्मीले निवास अगाडि चेतावनी पत्र फेला पारेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर