२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छन् आँप खानुको फाइदाहरु, मधुमेह भएकाले खाने की नखाने?

१७ असार २०७९, शुक्रबार ०९:०१

टिप्स | आजभोली आँपको सिजन नै छ । हाम्रो घरवरपर,बजारमा आँप सहज रुपमा पाइन्छ । यो फल सबैलार्इ मनपर्ने फलमध्ये पनि पर्छ । यो फल स्वास्थ्यका लागि पनि राम्रो मान्निछ । ‘फलफूलको राजा’ को नामले चिनिने आँप स्वास्थ्यका दृष्टिले निकै फाइदाजनक फल हो । आँपमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ र ‘ई’ को साथै फाइबर तथा एन्टिअक्सिडेन्ट पर्याप्त मात्रामा पाइन्छ । 


आँपले छालालाई स्वस्थ बनाउनुका साथै डन्डिफोरबाट पनि राहत दिलाउँछ । यसमा पाइने कपरले रातो रक्तकोशिका बढाउन मद्दत गर्ने भएकाले एमोनिया भएका बिरामीलाई फाइदाजनक हुन्छ । त्यस्तै, आँपले कोलेस्ट्रोल घटाउनसमेत मद्दत गर्छ भने यसमा इन्सुलिनको स्तरलाई सन्तुलित राख्न पनि सहयोग गर्छ । 

तर, मधुमेहका रोगका बिरामीले सकेसम्म आँप नखान वा स्वादका लागि मात्रै खान मुटुरोग विषेशज्ञ डा. ओम मूर्ति अनिल सुझाव दिन्छन् । उनका अनुसार आँपमा क्यालोरी बढी हुने भएकाले मोटोपना बढाउन सक्ने सम्भावना रहन्छ । 

मधुमेहको रोगीले आँप खानुहुन्छ कि हुँदैन ?

मधुमेहको रोगीले आँप खान हुन्छ । तर कति मात्रामा खाने भन्ने कुरामा भने ध्यान दिनुपर्ने हुन्छ । अर्को ध्यान दिनुपर्ने कुरा भनेको ब्लड सुगर लेभल हो । ब्लड सुगर ४०० छ भने त्यस्ता व्यक्तिले एक टुक्रा मात्र खान मिल्छ र सुगर लेभल १५० देखि २०० छ भने दिनमा एउटा आँप खान मिल्छ ।

आँप र सुन्तलाको सिजनमा मानिसहरूले अलि धेरै नै मात्रामा यसको सेवन गर्ने गर्छन् । अन्य फलफूलको तुलनामा आँप, सुन्तला र केरामा सुगरको मात्रा धेरै हुन्छ । त्यसैले मधुमेहको बिरामीले सुगर लेभल जाँच गरेर खाजाको रूपमा दैनिक एउटा आँप खान सक्छन् ।

तर,यी रोगका बिरामीले सकेसम्म आँप नखान वा स्वादका लागि मात्रै खान उचीत हुन्छ।

१. डायबिटीज 

जो व्यक्तिहरुलाई डायबिटीजको समस्या छ उनीहरुले आँप खानु हुँदैन । आँप धेरै नै गुलियो हुने भएका कारण शरिरमा सुगर लेभल बढ्छ ।

२. पेटको समस्या

आँपमा फाइवरको मात्रा धेरै हुन्छ । यसले शरिरमा अत्यन्त गर्मी पैदा गर्छ । मानिस जसमा पेटको समस्या छ उनीहरुले पनि आँप खानु हुँदैन ।

३. मोटोपन

जो मानिसहरुको तौल धेरै छ उनीहरुले समेत आँप खानुहुँदैन । यसमा धेरै सुगर र क्यालोरी हुन्छ । यसका कारण झन् तौल बढ्ने गर्छ ।

४. एलर्जी

आँप छिटो पाक्न क्यालसियम कार्वाइडको प्रयोग गरिन्छ । जो मानिसहरुलाई एलर्जीको समस्या छ उनीहरुले आँप खानुहुँदैन ।

५. मुटुको रोगी

यसमा पोटासिशयमको मात्रा ज्यादा हुन्छ । आँप धेरै खाँदा शरिरमा कोलेस्ट्रोल बढ्ने गर्छ । यसले मुटुमा समस्या गर्छ ।

६. दाँत

आँपमा भिटामिन–सी हुन्छ । यसको अधिक सेवनले भिटामिन सीको मात्रा बढ्छ । जसका कारण दाँतमा नोक्सान पुर्याउने काम गर्छ ।

७. अस्थमा

अस्थमा भएका बिरामीहरुले पनि आँप खानु हुँदैन । यसमा एनाकार्डिक एसिड हुन्छ । यसले सास लिन समस्या पैदा गर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो