Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बलिउडका यी कलाकार खानेकुराको सौखिन

By साझासवाल 4 मिनेट पढाइ

एजेन्सी | आफ्नो मनपर्ने कलाकारको जीवनका बारेमा जान्न जोकोही फ्यान उत्सुक हुन्छन् । फ्यानहरुलाई कलाकारहरूले कुन खानेकुराको सौखिन छन् भन्ने कुरामा झन चासो राख्छन् । यहाँ बलिउडका लोकप्रिय कलाकारको मनपर्ने खानेकुराको बारेमा उल्लेख गरिएको छ ।

अमिताभ बच्चन

अमिताभ बच्चन उमेरले ७९ वर्ष पुगिसके, तर उनी फिल्ममा निरन्तर सक्रिय छन् । यो उमेरमा पनि उनी फिट छन् । विलासी जीवन बिताए पनि खानेकुराको मामलामा उनी साधारण जीवन अपनाउँछन् । उनी भिण्डी अत्याधिक मनपराउँछन् ।

ऋतिक रोशन

खाजामा समोसा सबैको प्रिय हो । तर, केही मानिसहरू मोटो भएकै कारण समाेसा खान डराउँछन् । तर, अभिनेता ऋतिक रोशन समाेसाको सौखिन हुन् ।

कटरिना कैफ

हरेक युवती कटरिना कैफ जस्तो फिट रहने चाहना राख्छन् । तर, कमैलाई थाहा होला, उनी खानको सौखिन हुन् भन्ने। उनलाई पेन कके निकै मनपर्छ । उनी प्रायः पेन केक आफ्नो स्टोरीमा राखिरहेका हुन्छिन् ।

दीपिका पादुकोण

अभिनेत्री दीपिकाले कैयौं प्लेटफर्ममा आफू खानेकुराको सौखिन रहेको स्वीकारेकी छन् । तर, उनको फिटनेस हेर्दा उनी खानको सौखिन छिन् भन्ने कुरा पत्याउन मुस्किल पर्छ । दीपिकालाई रसम राइस निकै मनपर्छ । साउथको यो लोकप्रिय खानेकुरालाई उनी बिना हिच्किचाहट खान्छिन् ।

शाहरुख खान

शाहरुखको विलासी जीवनबारे जोकोही जानकार छन् । तर, एक समय उनी खानका निकै सौखिन थिए । अहिले खाने र पिउने मामलामा उनी कम सक्रिय रहे पनि कुनै बेला उनको लोकप्रिय खानेकुरा चिकन तन्दुरी थियो ।

सलमान खान

सलमान बिरयानीको सौखिन हुन् । उनले जब समय पाउँछन्, बिरयानी खाइहाल्छन् । ईदको मौकामा उनले मिडियालाई पनि बिरायनी खुवाउन भुल्दैनन् ।