2026-09-19 09:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोकियो अक्षय कुमारको ‘गोरखा’

असार १९, मुम्बई | कोरोना भाइरसको समय अक्षय कुमार एक्ला यस्ता अभिनेता थिए, जसले दर्शक र बक्स अफिस दुवैमा राज गरेका यिए । अक्षयको फिल्मले ओटीटी र बक्स अफिस दुवैमा धमाल मच्चाएको थियो । तर कोरोना भाइरस महामारीको रफ्तार कम हुँदै गएपछि अक्षयको फिल्मको कमाईको धार पनि कम हुँदै गयो ।

अक्षयको दुई ठूला बजेटका फिल्म ‘बच्चन पाण्डे’ र ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा फ्लप साबित भए । अहिले सबैको ध्यान उनको नयाँ फिल्म ‘रक्षाबन्धन’ तिर छ । यसका निर्देशक आनन्द एल रोय हुन् । व्यापार विश्लेषकले यो फिल्म सफल भएमा मात्र अक्षयको करियरले नयाँ गति लिने दाबी गरिरहेका छन् ।

‘बच्च्न पाण्डे’ र ‘सम्राट पृथ्वीराज’ फ्लप भएपछि उनको नयाँ फिल्म ‘गोरखा’ आगामी वर्षसम्मका लागि रोकिएको छ । यो फिल्मका निर्माताले फिल्म बनाउने कामलाई अहिले सुस्त बनाएका छन् । यस हिसाबले फिल्मको काम यसै वर्षको अन्त्य अथवा आगामी वर्षको मध्यसम्म सुरु हुनेछ ।

फिल्म ‘गोरखा’को निर्माणका लागि कैयौं मन्त्रालयको अनुमति चाहिन्छ, त्यसपछि मात्र फिल्म फ्लोरमा जानेछ । यसका लागि निर्माताले भारत सरकारको अलग-अलग संस्थासँग अनुमति लिने योजना बनाइरहेका छन् ।

फिल्म ‘गोरखा’का निर्माताहरु अक्षयको दुई फिल्म फ्लप भएपछि आफ्नो फिल्मको अवस्था के हुने हो भन्नेमा चिन्तित छन् । त्यसकारण उनीहरुले तत्कालका लागि फिल्मको काम रोक्ने निर्णयमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो