२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी दुई कारणले राजेश खन्ना गएनन् बिग बोस

२० असार २०७९, सोमबार ०९:१७

असार २०, मुम्बई | अभिनेता राजेश खन्नाले एकपछि अर्को गर्दै १५ हिट फिल्म दिए । जुन रेकर्ड आजसम्म बलिउडमा कसैले तोड्न सकेको छैन । सन् १९६९ देखि १९७१ सम्म लगातार १५ हिट फिल्म दिएका राजेशप्रति युवतीहरू मोहित थिए । तर एक समय यस्तो पनि आयो कि फ्यान उनीबाट टाढिए र उनले काम नै पाएनन् ।


कुरा सन् २००९ को हो । राजेश काम नपाएपछि तनावमा थिए र अधिकांश समय आफ्नो अफिसमा बसेर समय बिताउँथे । उनी घरमा केवल सुत्न मात्र जान्थे । त्यो समयमा राजेशलाई कलर्स च्यानलको प्रतिनिधिद्वारा कलर्सको शो ‘बिग बोस’ होस्ट गर्न प्रस्ताव गरेका थिए । राजेशले तुरुन्तै यो कुरामा सहमति जनाउँदै उनले अमिताभ बच्चनले पाएभन्दा बढी पारिश्रमिकको माग गरे ।

यो कुरा सुनेर उनलाई प्रस्ताव लैजाने प्रतिनिधिको होसहवास नै उड्यो । उनीहरूले राजेशलाई भेट्न भोलिपल्ट आउँछु भने पनि उनीहरू कहिल्यै फर्किएनन् । संयोगले यो होस्ट अमिताभले नै चलाउने मौका पाए ।

पछि पुनः एकपटक कलर्स च्यानलले राजेशलाई प्रतिस्पर्धीका रूपमा प्रस्ताव गर्यो । जसका लागि उनलाई साढे तीन करोड रुपैंयाँ दिने अफर गरियो । राजेशले एक सर्तसहित प्रस्ताव स्वीकारे । राजेशले आफूलाई बिग बोसको घरमा मदिराको व्वस्था हुनुपर्ने माग राखे । किनकि उनी मदिराबिना बाँच्न सक्दैन थिए । तर उनको प्रस्तावलाई निर्माताले स्वीकारेनन् । यी दुई कारणले निर्मातासँग कुराकानी भए पनि राजेश बिग बोसमा उपस्थित भएनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव