भदौ २२, पर्बत । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ पर्वतको पदाधिकारी चयनको विवाद चुलिएर छताछुल्ल भएको छ । महिला संघको जिल्ला अधिवेशन सम्पन्न भएको हप्तौ वितिसक्दा पनि नयाँ कार्यसमिति गठन हुन सकेको छैन । महाधिवेशन प्रतिनिधि चयनको विषय समेत जटिल ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, पर्बत । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ पर्वतको पदाधिकारी चयनको विवाद चुलिएर छताछुल्ल भएको छ । महिला संघको जिल्ला अधिवेशन सम्पन्न भएको हप्तौ वितिसक्दा पनि नयाँ कार्यसमिति गठन हुन सकेको छैन । महाधिवेशन प्रतिनिधि चयनको विषय समेत जटिल ब"/>
२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपाल महिला संघको पदाधिकारी चयनमा विवाद

२०७३, २२ भाद्र बुधबार १२:२०

भदौ २२, पर्बत । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ पर्वतको पदाधिकारी चयनको विवाद चुलिएर छताछुल्ल भएको छ । महिला संघको जिल्ला अधिवेशन सम्पन्न भएको हप्तौ वितिसक्दा पनि नयाँ कार्यसमिति गठन हुन सकेको छैन । महाधिवेशन प्रतिनिधि चयनको विषय समेत जटिल बनेको छ ।

केन्द्रिय महाधिवेशन प्रतिनिधिमा गत भाद्र १५ गते महिला संघको क्षेत्रीय अधिवेशन सम्पन्न नहुदै जिल्ला अधिवेशन सम्पन्न हुन लागेको भन्ने महिला सदस्यहरुको आरोप छ । नेपाली कांग्रेसको गाउँ कमिटी सदस्य चयन प्रकृयामै अलोकतान्त्रिक पारा अपनाएको भन्ने कार्यकर्ता माझ चर्चा छ । 

कतिपय कार्यकर्ताले एकलौटी पाराले आफू खुशी जिल्ला नेतृत्वले जिल्ला कार्यसमिति गठन गर्न खोजिएको र सदस्यका आकांक्षीहरुलाई वेवास्ता गरिएको गुनासो गरेका छन् भने भित्रभित्रै जिल्ला समिति पदाधिकारीहरु र केन्द्रिय महाधिवेशन प्रतिनिधिहरुको नाम तय भईसकेको तर विवाद चुलिएपछि बाहिर ल्याउन जिल्लाको नेका नेतृत्वले नसकेको भन्ने समेत गाइगुइँ सुनिएको छ । जिल्ला महिला संघको नेतृत्वमा आउन खोज्ने आकांक्षी अनुहारहरुमा जोगमया प्रसाई, ललितकला गुरुङ, लालकुमारी सिके, रेखा गुरुङ, चित्रकला शर्माको चर्चा छ ।

महिला संघको अधिवेशन सम्पन्न नहुदै जिल्ला अधिवेशन गर्ने र निर्वाचन अधिकृतले निर्वाचन सम्वन्धि कुनै सुचना टाँस समेत नगरेको भन्ने समेत आरोप महिला सदस्यहरुले लगाएका छन् । संघको तेस्रो जिल्ला अधिवेशनबाट निर्वाचन सम्पन्न भई महिला संघको नयाँ कार्यसमिति गठन हुनुपर्नेमा विवाद बढेपछि सो हुन सकेको छैन ।

अधिवेशन भएको हप्तौ वितिसक्दा समेत क्षेत्र नं. १ को अधिवेशन प्रतिनिधि छनौटको निर्वाचन कार्यलाई वेवास्ता गर्नाले कार्यकर्ता माझ विधि र विधान नै नमानिने हो कि भन्ने आशंका पैदा भएको छ ।

यही विवादकै वीच क्षेत्रीय प्रतिनिधि सीतादेवी पौडेल र महासमिति सदस्य क्षेत्र नं. १ मिना केसीले हस्ताक्षर गरी विज्ञप्ति सार्वजनिक गरेका छन् ।   विज्ञप्तिमा कार्यसमिति चयनको निर्वाचन निस्पक्ष र धाँधली रहित ढंगले हुनुपर्ने भन्दै आफूहरुलाई यसमा आशंका रहेको उल्लेख छ । निर्वाचन प्रक्रिया अगाडि नबढाइएकोमा विधि र विधान विपरित एउटै कोठाबाट समिति सदस्य चयन गर्न खोजिएको त हैन भन्ने आशंका व्यक्त गरिएको छ । 

प्रतिनिधि चयनको विवाद सल्टाउन प्रजातान्त्रिक विधि र प्रक्रिया अपनाउन समेत सार्वजनिक अपिल गरिएको छ । महिला संघको यही भाद्र २८,२९ र ३० गते काठमाडौमा हुने केन्द्रिय महाधिवेशनमा जिल्लाबाट क्षेत्र नं.१ र २ गरी १८ जना केन्द्रिय प्रतिनिधि चयन हुनेछन् । 

क्षेत्र नं.२ बाट केन्द्रिय प्रतिनिधिहरु चयन गर्ने कार्य सर्वसम्मत रुपमा सम्पन्न भईसकेको छ । यता क्षेत्र नं.१ बाट महाधिवेशन प्रतिनिधिका लागि १४ जना महिला सदस्यहरु आकांक्षी रहेको पाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ