१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुल्ने, २० करोड चुक्ता पुँजी पुर्याउने सबैले पाउने

२२ असार २०७९, बुधबार ०६:२६

असार २२, काठमाडौँ | नेपाल धितोपत्र बोर्डले अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुला गर्ने भएको छ । बोर्डले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ संशोधन गरी उक्त व्यवस्था लागु गर्ने प्रस्ताव गरेको छ ।

९ वर्षपछि नयाँ ब्रोकर लाइसेन्स खोल्ने गृहकार्यमा धितोपत्र बोर्ड

ब्रोकर लाइसेन्सका लागि धितोपत्र बजारले पहिलो आर्थिक वर्षको हकमा ३० दिनको समय दिई निवेदन माग गर्ने व्यवस्था गरिएको छ । त्यसपछि, प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र इन्छुक कम्पनी वा संगठित संस्थाले सिफारिसको लाग धितोपत्र बजारसमक्ष निवेदन दिनुपर्नेछ ।

धितोपत्र बजारले नियमावलीको व्यवस्थाहरु पूरा भए नभएको जाँचबुझ गरी निवेदन प्राप्त भएको मितिले ३५ दिनभित्र बोर्ड समक्ष सिफारिस गर्नुपर्ने व्यवस्थामा उल्लेख छ ।

तोकिएको समयभित्र सिफारिस गर्न नसकेमा कारणसहित बोर्डलाई जानकारी गराउनु पर्ने र नियमावलीले गरेको व्यवस्थाहरु पूरा गरेको देखिएमा बोर्डले १५ दिनभित्र निवेदकलाई पूर्वाधार तयार गर्न सूचित गर्ने धितोपत्र बोर्डले जनाएको छ । 

 बोर्डका अनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि न्यूनतम २० करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्नेछ । यसमा ब्रोकरहरुले सम्बन्धित ग्राहकको नामबाट मात्र ग्राहकको आदेश अनुसार धितोपत्र खरिद वा विक्री गर्न सक्नेछन् । पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा प्रदान गर्नेहरु ब्रोकर कम्पनीहरुको चुक्ता पुँजी ६० करोड रुपैयाँ हुनुपर्नेछ । 

धितोपत्र व्यापरी लाइसेन्सका लागि भने एक अर्ब ५० करोड रुपैयाँ पुँजी निर्धारण गरिएको छ । धितोपत्र व्यापारीले आफ्नो नामबाट धितोपत्र खरिद वा बिक्री गर्न, धितोपत्र दलालको कार्य गर्न, धितोपत्र प्रत्याभूतिको कार्य गर्न र योग्य संस्थागत लगानीकर्ताको रुपमा पनि कार्य गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ