असार २२, काठमाडौँ | राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना केवलकारमा ३५ मिनेट रोकिएका छन् ।
बुधबार दिउँसो परिवारसहित चन्द्रागिरि पुगेका अध्यक्ष तिमल्सिना चढेको केवलकारमा प्राविधिक समस्याका कारण बिचमै ३५ मिनेट अड्किएका हुन् ।

उनी सवार केवलकार चन्द्रागिरिको ठाडो भिरमा पुगेर ३५ मिनेट अड्किएको र प्राविधिक समस्या समाधानपछि सहज रुपमा चन्द्रागिरि पुगेको बताइएको छ ।
बेलाबेला केवलकारमा प्राविधिक समस्याका कारण मानिसहरु समस्यामा पर्दै आइरहेका छन् ।