२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मीनलाई आज देवालयको दर्शन गर्नु उत्तम, अन्य राशिफल कस्तो छ ?

२६ असार २०७९, आईतवार ०२:०४

असार २६, काठमाडौं | २६ असार २०७९, आइतबार । १० जुलाई २०२२ । असार शुक्ल एकादशी, हरिशयनी एकादशी पनि भनिन्छ । आजबाट चतुर्मास व्रत आरम्भ भएको दिन पनि हो । आजदेखि चार महिना अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिनालाई चातुर्मास भन्ने गरिन्छ । यो समयमा भगवान विष्णु शयन गर्ने समय भएकाले शुभकार्य गरिँदैन ।

आज हरेक घरमा तुलसी रोप्ने काम पनि गरिन्छ । तुलसी रोपण एकादशी पनि भनिन्छ । तुलसी आयुर्वेदमा बहुउपयोगी बनस्पति पनि हो । आजको दिन सनातनीहरुले व्रत र भगवान विष्णुको पूजा आरधना गर्ने गर्दछन्। विष्टि करण, विशाखा नक्षत्र, शुभ योग, चन्द्रमा वृश्चिक राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः१५ मा भएको छ भने सूर्यास्त ०७ः०३ मा हुनेछ । आजका देवता लक्ष्मी र ग्रहदेव सूर्य हुन् । 

आइतबार सूर्योदयको दर्शन गर्दा साता उपलब्धीमूलक हुनेछ । 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

आजको दिन स्वास्थ्यमा केही समस्या हुनसक्छ, ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता हुनसक्छ । मेष राशिका जातकले सकारात्मक सोच राख्नुहोला । आर्थिक व्यय हुनेछ । आज उत्तर दिशातर्फ यात्रा नगर्नुहोला । कसैको अहित हुने काम पनि नगर्नुहोला ।   

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका जातका लागि व्यापार व्यवसायबाट नसोचेको आर्थिकलाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । पूर्वदिशा तर्फको यात्रा फलदायी  हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह हुनेछ । मनमा चिन्ता र भय हुनेछ ।  

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

धनलाभ र नयाँ सुखद खबरले हर्ष छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । कम बोल्नु र आफ्नो नियमित काम गर्नु होला । 

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने पश्चिम तर्फको यात्रा सफल हुनेछ । सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । आजको दिन सोच विचार गरेर निर्णय गर्नुहोस् । आइतबार बिहान सूर्योदयको दर्शन र कुमारी कन्यालाई केही उपहार र खानेकुरा दिनु वेश हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशिका जातकले आइतबारको विहान सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन अनुकूल रहेको छ । नयाँ कामको शुरुवात गर्न सक्नुहुनेछ । कसैलाई सहयोग गर्नुभएको छ भने मानसम्मान मिल्नेछ । पारिवारका सदस्यले समेत माया गर्नेछन् । कसैसँग पनि विवाद हुने काम नगर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

आज बिहान सूर्योदयको दर्शन गर्नुहोला । नयाँ र सत्सगी मित्रसँगको भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । चन्द्रमाको साथ रहेको छ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने आशीर्वादले सकारात्मक सोच बढ्ने छ । बृद्ध व्यक्तिलाई खाना र नाना उपहार दिनु राम्रो हुनेछ । 

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन हानी हुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला । अर्थलाभ हुनेछ, कसैप्रति द्धेषभाव नराख्नुहोला ।  

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । नयाँ क्षेत्र र लगानीको काम गर्न सक्नुहुनेछ । समयमा काम अघि बढाउन सक्नुहुनेछ । चन्द्रमाको साथ रहेको छ । आजको दिन देवालय र शिवालय यात्राले मनमा रहेको चिन्ता र भय हटने छ ।   

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

सन्तानबाट सुख परिवारको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । अनावश्यक आरोप लाग्नसक्छ । देवालय, शिवालयको यात्रापछि मात्र आजको दिनको शुरुवात गर्नुभयो भने ग्रहको प्रभावले कार्यकुशलता बृद्धि हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

व्यापार व्यवसायबाट लाभ हुनेछ । परिवार र आफन्तजनको साथ सहयोगबाट नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । बृद्ध र बालकलाई मानसम्मान गर्नहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । सबैको हित हुने सोच र काम गर्नुभएको छ भने अप्रत्याशित फल प्राप्त हुनेछ । आफन्तजनहरुको साथ सहयोग पाउनुहुनेछ ।  

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । कुनै नयाँ कामको शुरुवातको लागि आइतबार उत्तम हो । साँझको समयमा परिवारका सदस्यलाई केही खानेकुरा उपहार दिनुहोला ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान