2026-09-19 09:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शमशेरा बन्न २० पटक नुहाएका थिए रणवीर

असार २६, एजेन्सी | करिब चार वर्षपछि अभिनेता रणवीर कपुर फिल्म ‘शमशेरा’बाट दर्शकमाझ कमव्याक गर्दैछन् । रणवीरको पछिल्लो फिल्म ‘सञ्जु’ थियो । यो चार वर्षको अवधिमा रणवीरका निजी र व्यावसायिक जीवनमा धेरै उतारचढाव आयो । यो अवधिमा उनले बुबा ऋषि कपूरलाई गुमाए । अभिनेत्री आलिया भट्टसँग विवाह गरे । उनी यो वर्ष पिता बन्दैछन् ।

यसबाहेक उनका चार फिल्म फ्लोरमा छन् । हालैमात्र उनले फिल्म ‘शमशेरा’को बारेमा खुलेर कुरा गरेका छन् । ‘जब मलाई यो फिल्मको प्रस्ताव आयो, मैले विश्वास गर्न सकिनँ । किनकी स्क्रिनमा म रोमान्टिक हिरोको रुपमा दर्शकमाझ चिनिएको छु । यसको कथा मनपर्‍याे, यसमा दुई भूमिका थिए । मलाई बलीको भूमिकाको अफर गरिएको थियो । शेरा कोही अर्को अभिनेताले अभिनय गर्ने कुरा थियो । मभित्र स्वार्थी कलाकार थियो, जसकारण मैले शेराको भूमिका पनि म नै गर्छु भनें । एक बाबु र छोराको चरित्रलाई म राम्रोसँग प्रस्तुत गर्न सक्छु’, रणवीरले भनेका छन् ।

रणवीरले ‘शमशेरा’का लागि निकै लुक टेस्ट दिनुपरेको थियो । यो चरित्र शारीरिक रुपमा पनि चुनौतीपूर्ण रहेकाले उनले निकै मेहनत गरेका थिए । रणवीर आफ्नो १५ वर्षे करियरमा पहिलोपटक कुनै पीरियड एक्सन फिल्मको हिस्सा बन्दैछन् र पहिलोपटक नै दोहोरो भूमिकामा देखिँदैछन् ।

यो फिल्मको सुटिङको किस्सा आफैंमा रोचक छ । जुन किस्सा स्वयं रणवीरले सुनाएका छन् । ‘म जहिल्यै १० देखि १५ किलोको धुलो सेटमा राख्थें र सुटिङ सुरु हुनासाथ पंखाको अगाडि धुलो उडाउँथे । त्यो धुलो मेरो आँखा र कानमा जान्थ्यो । म संवाद बोल्न सक्दिन थिएँ । यसबाट छुट्कारा पाउन म घर गएर २० पटकसम्म नुहाँउथे । तर, पनि धुलो निस्कँदैन थियो । यस्तो धुलोमा मैले स्वीमिङ गरेको छु । त्यो समयमा मेरो दिमागले निर्देशकलाई निकै गाली गर्थे । तर, जब स्क्रिनमा आफूलाई हेर्छु, तब यो सबै गर्नु व्यर्थ थिएन जस्तो लाग्छ’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो