२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

करणसँग किन रिसाइन् सारा ?

२६ असार २०७९, आईतवार ०९:१३

असार २६, मुम्बई | बलिउडका लोकप्रिय निर्माता करण जोहारको शो ‘कफी विथ करण ७’ पछिल्ला दिनमा चर्चामा छन् । गत बिहीबार यो शो ओटीटी प्लेटफर्ममा स्ट्रिम भएको थियो । ओटीटीमा आउनुअघि यो शोमा आएका अतिथीहरुको सर्ट क्लिप ट्रेलरका रुपमा देखाइएको थियो । शोमा सारा अली खान र कात्तिक आर्यनलाई पनि देखिएपछि दर्शकले उनीहरुको सम्बन्धका बारेमा अड्कलबाजी गरेका थिए । यही बीचमा करणले सारा र कात्तिक प्रेम सम्बन्धमा रहेको बताएका थिए ।

तर, यो भनाई अहिले करणकै लागि महंगो साबित भएको छ । करणको व्यवहारप्रति सारा खुशी छैनन् । ‘सारा आफ्नो व्यक्तिगत जीवनसँग जोडिएका कुरालाई सार्वजनिक रुपमा कसैले भनिदिँदा रिसाएकी छिन् । अर्थात् उनी करणसँग सन्तुष्ट छैनन् । सारा आफ्नो करियरको ग्राफका बारेमा मात्र दर्शकले थाहा पाउन भन्ने चाहन्छिन् । सारा बलिउडमा पहिचान बनाउन संघर्षरत छिन् । यही बेला उनको जीवनसँग जोडिएका कुरा आउँदा उनी रिसाएकी छन्’, सारा निकट स्रोतले भनेको छ ।

यो घटनापछि साराले करणसँग बोलचाल नै बन्द गर्ने भन्ने मनसाय बनाएकी छैनन् । तर, उनी मानिसहरु आफ्नो फिल्मको बारेमा मात्र कुरा गरुन् भन्ने चाहिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने