2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थाहा पाउनुहोस आजको राशिफल

असार ३२, काठमाडौँ | आजको पात्रो ः अजा ३२ असार २०७९, शनिबार । तद्नुसार १६, जुलाई २०२२ । साउन शुक्लपक्ष तृतीया तिथि, विष्टि करण, धनिष्ठा नक्षत्र, आयुष्मान योग, चन्द्रमा कुम्भ राशिमा रहेको छ । असार महिनाको अन्तिम दिन आजको दिनलाई मसान्त पनि भनिन्छ । आज विहान सूर्योदय ०५ः१८ मिनेटमा हुनेछ भने सूर्यास्त ०७ः०२ मा हुनेछ । विहान ८ः४४ देखि १०ः२७ सम्म राहुकाल रहेको छ । राहुकाल भएको समयमा शुभकार्य नगर्दा राम्रो हुनेछ। आजको देवता चन्द्र र ग्रहदेव केतु रहेको छ । शनिवारको दिन विहान शिवालय, देवालय पिपलको बृक्षमा जल अभिषेक गर्दा शुभ हुनेछ । शनिबारको दिन शनिदेवको उपासना गर्नु उत्तम हुनेछ । शनिबारको दिन पूर्व दिशा तर्फको लामो यात्राका लागि शुभ मानिदैन ।

आजको राशिफल ः

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

आज तपाईको लागि व्यापार ब्यवसायबाट लाभ हुनेछ । परिवार र सन्तानबाट साथ सहयोग  पाउन सकिन्छ । तपाईको योजना सफलताको लागि आफन्तजनको सहयोग आवश्यक हुनेछ । आजको यात्राबाट तपाईलाई फाइदा हुनसक्छ । यात्रामा निस्कनु भन्दा पहिले कन्यालाई दक्षिण दिएर निस्कदा राम्रो हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका जातकका लागि आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार नहुनसक्छ । ब्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश हुनु पर्नेछ । तपाईको सकारात्मक भएर आफनो नियमित काममा लाग्नुहोला । आजको दिन आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट  गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । आशीर्वादका लागि सम्मानित व्यक्तित्वसँग भेटवार्ता गर्नसक्नुहुनेछ ।   

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको दिन तपाईको मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् ।  मनमा निराशा उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ। मिथुन राशिमा जातकको लागि आजको दिन मौन र अनावश्यक काममा घर बाहिर नजानु होला । परिवारका लागि समय दिनुहोला ।     

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

पारिवारिक तनावका कारण तपाईलाई केही समस्या आउनसक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ । त्यसैले आजको शनिवार आफनो नियमित काममा ध्यान दिनु उत्तम हुनेछ । 

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आजको दिन सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ । यात्राबाट खुसियाली छाउने छ । परिवारको साथ सहयोगले तपाईको मनमा प्रशसन्नता छाउने छ । कुनै नयाँ कामको शुरुवात पनि गर्न सक्नुहुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

आजदेखि तपाईको मनमा रहेको चिन्ता हटदै जानेछ । तपाईको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । कुमारी कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । देवीको मन्दिरको यात्राले तपाईलाई मनमा शान्ति प्राप्त हुनेछ ।   

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन तपाईको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा तुला राशिका जातकले सोच विचार गर्नु उत्तम होला । महिलासँग विवाद हुने कार्य भरसक नगर्नुहोला ।   

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

यात्राको अवसर र संभावना पनि छ । यात्रा गर्दा सूर्योदय भन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक हानी हुने संभावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला । सकारात्मक सोच, र नियमित काममा समय खर्चनुहोला ।  

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

आजको दिन आकस्मिक धनलाभ हुनेछ । आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाको कार्यमा लाग्नु होला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन सरस्वतीको आरधनाले  तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । नियमित काममा मात्र लाग्नुहोला । नयाँ कामको थालनी नगर्नु बेश हुनेछ ।      

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ ।  दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । बालकन्यालाई खानेकुरा र बस्त्र दान दिनेभयो भने तपाईलाई आशीर्वाद मिल्नेछ । चन्द्रमाको साथ रहेको छ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।    

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

आजको दिन गृहस्थ जीवनको कार्यमा समय खर्च गरेर बस्नु भएकामा तपाईको हित हुनेछ । अध्ययन, अनुसन्धान र लेखनको काममा समय दिनु भयो भने उत्तम हुनेछ । तपाईको लागि यात्राको अवसर पनि आउनसक्छ । स्वास्थ्यमा ख्याल गर्नुहोला । देवालयको यात्रा र गुरुजनको आशीर्वादको लागि गुरुसेवा गर्दा फल प्राप्त हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक