भदौ २३, पर्बत । पर्वतका एक स्कुले विद्यार्थीले घरेलु सामाग्रीकै प्रयोग गरी दर्जनौ सामाग्रीहरुको आविस्कार गरेका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २३, पर्बत । पर्वतका एक स्कुले विद्यार्थीले घरेलु सामाग्रीकै प्रयोग गरी दर्जनौ सामाग्रीहरुको आविस्कार गरेका छन् । 
२ पुष २०८२, बुधबार
काठमाडौँ - KTM

दर्जनौ सामाग्रीको आविस्कार गरेपछि चर्चित बन्दै छन् स्कूले विद्यार्थी पौडेल

२३ भाद्र २०७३, बिहीबार ०७:०९

भदौ २३, पर्बत । पर्वतका एक स्कुले विद्यार्थीले घरेलु सामाग्रीकै प्रयोग गरी दर्जनौ सामाग्रीहरुको आविस्कार गरेका छन् । 

जिल्लाको कुश्मा नगरपालिका ४ खुर्कोट घर भई सोही स्थानको श्री हिमालाय उमाविको कक्षा ९ मा अध्ययनरत विद्यार्थी अमन पौडेलले दर्जनौ सामाग्रीको आविस्कार गरेका हुन् । उमेरले १४ वर्षका उनी कक्षा ९ का प्रथम विद्यार्थी पनि हुन् । 

कक्षा ४ मा पढ्दै गर्दा आफ्नो बाबुले किनेर ल्याइदिएको रिमोटवाला खेलौना कार खेलाउदा खेलाउदै विग्रेपछि मर्मत गरेका थिए । कालीगण्डकीमा बालुवा निकाल्दै गरेको एक्साभेटर देखेपछि दंग परेका उनले पछि खेलौना एक्साभेटर नै बनाएका थिए । एक्साभेटर बनाउन उनले पास्कलको नियम प्रयोग गरे । एक्साभेटर बनाउनका लागि पौडेलले काठ, प्लाष्टिक, किला, सिरिन्ज, पाइप, ट्युव, पानीको प्रयोग गरेको उनको भनाई छ । 

उनले आविस्कार गरेका सामाग्रीहरुमा एक्साभेटर, रेल, रोबोट, भूकम्प संकेत मेशीन, पानीजहाज, पहाड चढ्ने गाडी, भ्याकुम क्लीनर, न्यूटनको चक्का, घन्टी, गोवर ग्याँस, पंखा,प्रोजेक्टर लगायत छन् । 

यी आविस्कारहरुमा आवश्यकता अनुसार भिन्दाभिन्दै वैज्ञानिक नियमको प्रयोग भएको छ । बालवैज्ञानिक पौडेलले तयार पारेको भूकम्प संकेत मेशीनले सामान्य भूकम्पको धक्का आउदा घन्टी बजाई संकेत दिन्छ । 

यो यन्त्र निर्माणमा फोम, काठ, मोटर, व्याटूीको प्रयोग भएको छ भने यो सोलर पावरबाट पनि चलाउन सकिने उनको दावी छ । आविस्कार गरेका सामाग्रीहरुमा बालवैज्ञानिक पौडेलले घरेलु सामाग्रीहरु धातुको टुक्रा, कीला, तार, प्लाष्टिक बोत्तल, रवर, जाली, काठ, बाँस लगायत प्रयोग गरेका छन् भने अन्य विद्युतीय सामाग्रीहरुको समेत प्रयोग भएको छ । उनले पहिलो पटक आविस्कार गरेको सामाग्री एक्साभेटर हो । 

उनले तयार पारेको रोवोट यन्त्रमा पनि घरेलु सामान जस्तो फोम, काठ, रबर, मोटर व्याटूीको नै प्रयोग भएको छ । बबालवैज्ञानिकको रुपमा आफूलाई चर्चित बनाउदै आएका पौडेलले आफुले आविस्कार गरेका सामाग्रीहरुको विभिन्न संघ, संस्था कार्यालय तथा प्रदर्शनी स्थलहरुमा प्रदर्शनी गरेका छन् भने विभिन्न संघसंस्थाहरुबाट पुरस्कृत र सम्मानित समेत भईसकेका छन् । 

उनले आफ्नो विद्यालयदेखि लिएर विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान खुमलटार, ललितपुर लगायतका स्थानहरुमा आविस्कार गरेका सामाग्रीहरुको प्रदर्शनी गरिसकेका छन् ।

मेधावी विद्यार्थी पौडेलको कार्यलाई सवैले प्रशंसा गरेपनि राज्यस्तरबाट आवश्यक चासो दिने र सहयोग गर्ने काम भने नभएकोमा उनका बाबु आनन्द पौडेलको गुनासो छ । बालवैज्ञानिक पौडेलले पनि भन्छन्-‘सवैको साथ र सहयोग भयो भने मैले मेरो सफल वैज्ञानिक बन्ने सपना पुरा गर्ने र यो देशको नाम राख्ने छु ।’विज्ञान र प्रविधिको यो युगमा पौडेल जस्ता मेधावी विद्यार्थीहरुलाई राज्यले सवैखाले सहयोग र हौसला प्रदान गर्नुपर्ने सर्वसाधारणको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता