२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेगा बजेट फिल्म आचार्य फ्लप भएपछि कलाकारद्वारा पैसा फिर्ता

२ श्रावण २०७९, सोमबार ०७:३२

साउन २, एजेन्सी | गत अप्रिलमा रिलिज भएको मेगा बजेट तमिल फिल्म ‘आचार्य’का स्टारद्वय चिरञ्जीवी र राम चरणले निर्मातालाई आफ्नो आधा पारिश्रमिक फिर्ता गरिदिएका छन् । उनीहरूसँगै फिल्मका निर्माता कोरातला सिवाले पनि आफ्नो ५० प्रतिशत पारिश्रमिक फिर्ता दिएका छन् ।

यो फिल्म निकै धुमधामका साथ रिलिज भएको थियो । बाबुछोरा चिरञ्जीवी र रामचरणको अभिनय रहेकाले पनि फिल्मले सफलता पाउनेमा सबैजना ढुक्क थिए । तर वास्तविकता ठीक विपरित भइदियो । फिल्मले बक्सअफिसमा टिक्न सकेन ।

जसकारण फिल्मका निर्मातासँगै वितरकले नराम्रो घाटा सहनुपरेको हो । फिल्म हिट हुने आशामा वितरकले महँगो मूल्यमा फिल्म किनेका थिए । उनीहरुले निर्मातासँग फिल्मबाट प्राप्त मुनाफा नबाँड्ने र असफल भएमा त्यसको क्षति आफैं व्यहोर्ने सहमति गरेका थिए ।

फिल्म असफल भएपछि वितरकहरु निर्माता तथा निर्देशकको शरणमा पुगे । उनीहरुले घाटाको भरपाई हुने आश्वासन दिएपछि निर्देशक कोरातलाले आफ्नो आधा पारिश्रमिक निरञ्जर रेड्डीलाई फिर्ता गरे । यो कुरा चिरञ्जीवी र राम चरणले थाहा पाएपछि उनीहरुले पनि आधा प्रतिशत रकम फिर्ता गरिदिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने