2026-07-26 10:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेगा बजेट फिल्म आचार्य फ्लप भएपछि कलाकारद्वारा पैसा फिर्ता

साउन २, एजेन्सी | गत अप्रिलमा रिलिज भएको मेगा बजेट तमिल फिल्म ‘आचार्य’का स्टारद्वय चिरञ्जीवी र राम चरणले निर्मातालाई आफ्नो आधा पारिश्रमिक फिर्ता गरिदिएका छन् । उनीहरूसँगै फिल्मका निर्माता कोरातला सिवाले पनि आफ्नो ५० प्रतिशत पारिश्रमिक फिर्ता दिएका छन् ।

यो फिल्म निकै धुमधामका साथ रिलिज भएको थियो । बाबुछोरा चिरञ्जीवी र रामचरणको अभिनय रहेकाले पनि फिल्मले सफलता पाउनेमा सबैजना ढुक्क थिए । तर वास्तविकता ठीक विपरित भइदियो । फिल्मले बक्सअफिसमा टिक्न सकेन ।

जसकारण फिल्मका निर्मातासँगै वितरकले नराम्रो घाटा सहनुपरेको हो । फिल्म हिट हुने आशामा वितरकले महँगो मूल्यमा फिल्म किनेका थिए । उनीहरुले निर्मातासँग फिल्मबाट प्राप्त मुनाफा नबाँड्ने र असफल भएमा त्यसको क्षति आफैं व्यहोर्ने सहमति गरेका थिए ।

फिल्म असफल भएपछि वितरकहरु निर्माता तथा निर्देशकको शरणमा पुगे । उनीहरुले घाटाको भरपाई हुने आश्वासन दिएपछि निर्देशक कोरातलाले आफ्नो आधा पारिश्रमिक निरञ्जर रेड्डीलाई फिर्ता गरे । यो कुरा चिरञ्जीवी र राम चरणले थाहा पाएपछि उनीहरुले पनि आधा प्रतिशत रकम फिर्ता गरिदिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली