२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनियमितता: कर्मचारीले गर्ने काम परामर्शदाताबाट

५ श्रावण २०७९, बिहीबार ०३:४२

साउन ५, काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सञ्चालन गरेको समृद्धि कार्यक्रममा व्यापक अनियमितता भइरहेको पाइएको छ। गरिबीको रेखामुनि रहेका र वैदेशिक रोजगारीबाट फर्किएकाहरूमा लक्षित यो कार्यक्रममा परामर्शदाता नियुक्ति तथा सम्झौता संशोधनका नाउँमा अनियमितता भएको पाइएको हो ।

महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदनअनुसार कर्मचारीबाट गर्न सकिने काममा परामर्शदाता राखिएको र परामर्शदाताका नाममा गत आर्थिक वर्षमा ५ करोड ४१ लाख २३ हजार भुक्तानी गरिएको उल्लेख छ। समृद्धि कार्यक्रम तराई तथा पहाडका १६ जिल्लामा सञ्चालनमा रहेको छ। गरिबीको रेखामुनि रहेका र वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवार तथा विदेशबाट फर्केका व्यक्तिहरूका लागि यो कार्यक्रम ल्याइएको हो । जसमा कृषि तथा गैर कृषि क्षेत्रमा नयाँ व्यवसाय स्थापना गर्न वा व्यावसायिक तालिमको माध्यमबाट रोजगारी सिर्जना गरी दिगो आय आर्जन गर्ने उद्देश्य राखिएको छ। । 

महालेखाका अनुसार समृद्धि कार्यक्रम सञ्चालनकै क्रममा यसको ऋण सम्झौतामा समेत अनावश्यक रूपमा परिवर्तन गरिँदा कार्यक्रमको लक्ष्य हासिल चुनौतीपूर्ण बनेको छ । 

- आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य