१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चौंरी गोठालाले पत्ता लगाएको आकाशे ताल अवलोकन गर्न गए वडाध्यक्ष (तश्वीरहरु सहित)

११ श्रावण २०७९, बुधबार ०७:५९

दिलमाया शाही | साउन ११, जुम्ला । प्रकृतिको काखमा रहेका धेरै ताल अझै पनि ओझेलमा परेका छन्।  मानव समाजको पहुँचबाट धेरै टाढा रहेका तालहरूको संरक्षणमा  कुनै निकयको ध्यान जान सकेको छैन । भाैगोलिक विकटता, असमानुपातिक विकास र पर्यटकीय गन्तव्यहरूको खोज अनुसन्धानको कमीका कारण ती तालको संरक्षण नभएको हो । जसकारण धेरै ताल गुमनाम अवस्थामा छन् ।

प्राकृतिक र पर्यटकीय महत्वका स्थलहरू कर्णालीमा धेरै छन् यद्यपि तिनको उजागर हुन सकेको छैन । गुठीचौर गाउँपालिका- १ मणिसाँघुबाट डेढ दिनको दूरीको ४७०० मिटरमा अवस्थित आकाशे ताल (स्काई लेक), ४३०० मिटरको हिउल्सा ताल र ४००६ सय मिटर उचाइमा रहेको दूधकुण्डली ताल पर्यटकहरूको पर्खाईमा छन् ।


ती ताल सात वर्षअघि चौंरी गोठालाहरूले पत्ता लगाएका थिए । ती तालहरू रहेको क्षेत्रमा तीनअघि वडाध्यक्ष अर्जुनकुमार महताराको टोली अवलोकन गरेर फर्केको छ । महताराका अनुसार डोल्पा नजिक पर्ने तालमा मणिसाँघु हुँदै घाट ओडार, दूधकुण्डली र हिउल्सा ताल भएर आकाशे तालमा पुगिन्छ । तालको उत्तरपट्टि डोल्पाको जगदुल्ला हिमाल पर्छ । गुठिचौर गाउँपालिका-१ जुम्लाको प्रशासनिक केन्द्र मणिसाँघुबाट करिब १८ घण्टाको दूरीमा रहेको आकाशे तालमा पहिलोपटक वडाध्यक्ष टोली पुगेकाे हो । “यसअघि चौंरी गोठालाहरू मुस्किलले त्यहाँ पुगेका रहेछन्,”महताराले भने, “त्यो पनि चौंरी हराउँदा खोज्दै जाने क्रममा ताल देखिएको रहेछ ।”

ताल पत्ता लगाउन भूमिका खेलेकाका सोही वडाका ५० वर्षीय स्थानीय साङ्बो गुरुङका अनुसार २०७२ मा चौरी खोज्दै जाने क्रममा तालमा पुगिएको बताए । त्यहाँ सजिलै मान्छे नपुग्ने र त्यसको महत्वबारे थाहा नभएकाले पनि आकाशे तालको कुरा बाहिर आउन नसकेको उनको भनाइ छ। 


आकाशको जस्तो नीलो रंग भएकाले त्यसलाई आकाशे ताल भनिएको उनले बताए । वडाध्यक्ष महताराको टोलीले आकाशे तालसहित हिउल्सा ताल, दूधकुण्डली प्रकाशमा ल्याएको छ । पर्यटन विकास र प्रवर्द्धनबाट अर्थतन्त्रमा वृद्धि हुने भन्दै उनले पर्यटकहरूको सहज पहुँच एवं आवतजावतका लागि त्यहाँसम्म सडक पुग्न आबश्यक रहेको बताए । उनले आकाशे तालसम्म पुग्ने बाटो निर्माणका लागि करिब ७० लाख बजेट लाग्ने अनुमान गरिएको बताए ।

कान्छो कैलाश पर्वतका रूपले चिनिने यो तालको शिरमा दूधकुण्डली हिमाल अवस्थित छ । शिरमा हिमाल, त्यसको तल कालापत्थर र तालको वरिपरि हरियो बुट्यान छ । निकै मनमोहक देखिने उक्त ताल घुम्न एक घन्टाको समय लाग्ने वडाध्यक्ष महताराले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो