२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चौंरी गोठालाले पत्ता लगाएको आकाशे ताल अवलोकन गर्न गए वडाध्यक्ष (तश्वीरहरु सहित)

२०७९, ११ श्रावण बुधबार ०७:५९

दिलमाया शाही | साउन ११, जुम्ला । प्रकृतिको काखमा रहेका धेरै ताल अझै पनि ओझेलमा परेका छन्।  मानव समाजको पहुँचबाट धेरै टाढा रहेका तालहरूको संरक्षणमा  कुनै निकयको ध्यान जान सकेको छैन । भाैगोलिक विकटता, असमानुपातिक विकास र पर्यटकीय गन्तव्यहरूको खोज अनुसन्धानको कमीका कारण ती तालको संरक्षण नभएको हो । जसकारण धेरै ताल गुमनाम अवस्थामा छन् ।

प्राकृतिक र पर्यटकीय महत्वका स्थलहरू कर्णालीमा धेरै छन् यद्यपि तिनको उजागर हुन सकेको छैन । गुठीचौर गाउँपालिका- १ मणिसाँघुबाट डेढ दिनको दूरीको ४७०० मिटरमा अवस्थित आकाशे ताल (स्काई लेक), ४३०० मिटरको हिउल्सा ताल र ४००६ सय मिटर उचाइमा रहेको दूधकुण्डली ताल पर्यटकहरूको पर्खाईमा छन् ।


ती ताल सात वर्षअघि चौंरी गोठालाहरूले पत्ता लगाएका थिए । ती तालहरू रहेको क्षेत्रमा तीनअघि वडाध्यक्ष अर्जुनकुमार महताराको टोली अवलोकन गरेर फर्केको छ । महताराका अनुसार डोल्पा नजिक पर्ने तालमा मणिसाँघु हुँदै घाट ओडार, दूधकुण्डली र हिउल्सा ताल भएर आकाशे तालमा पुगिन्छ । तालको उत्तरपट्टि डोल्पाको जगदुल्ला हिमाल पर्छ । गुठिचौर गाउँपालिका-१ जुम्लाको प्रशासनिक केन्द्र मणिसाँघुबाट करिब १८ घण्टाको दूरीमा रहेको आकाशे तालमा पहिलोपटक वडाध्यक्ष टोली पुगेकाे हो । “यसअघि चौंरी गोठालाहरू मुस्किलले त्यहाँ पुगेका रहेछन्,”महताराले भने, “त्यो पनि चौंरी हराउँदा खोज्दै जाने क्रममा ताल देखिएको रहेछ ।”

ताल पत्ता लगाउन भूमिका खेलेकाका सोही वडाका ५० वर्षीय स्थानीय साङ्बो गुरुङका अनुसार २०७२ मा चौरी खोज्दै जाने क्रममा तालमा पुगिएको बताए । त्यहाँ सजिलै मान्छे नपुग्ने र त्यसको महत्वबारे थाहा नभएकाले पनि आकाशे तालको कुरा बाहिर आउन नसकेको उनको भनाइ छ। 


आकाशको जस्तो नीलो रंग भएकाले त्यसलाई आकाशे ताल भनिएको उनले बताए । वडाध्यक्ष महताराको टोलीले आकाशे तालसहित हिउल्सा ताल, दूधकुण्डली प्रकाशमा ल्याएको छ । पर्यटन विकास र प्रवर्द्धनबाट अर्थतन्त्रमा वृद्धि हुने भन्दै उनले पर्यटकहरूको सहज पहुँच एवं आवतजावतका लागि त्यहाँसम्म सडक पुग्न आबश्यक रहेको बताए । उनले आकाशे तालसम्म पुग्ने बाटो निर्माणका लागि करिब ७० लाख बजेट लाग्ने अनुमान गरिएको बताए ।

कान्छो कैलाश पर्वतका रूपले चिनिने यो तालको शिरमा दूधकुण्डली हिमाल अवस्थित छ । शिरमा हिमाल, त्यसको तल कालापत्थर र तालको वरिपरि हरियो बुट्यान छ । निकै मनमोहक देखिने उक्त ताल घुम्न एक घन्टाको समय लाग्ने वडाध्यक्ष महताराले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड