२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भदौ १ गतेदेखि फोहोर विसर्जन बन्द गर्ने चेतावनी

२०७९, १२ श्रावण बिहीबार ०२:२३

साउन १२, काठमाडौँ | बञ्चरे डाँडा र सिसडोलका बासिन्दाले फोहोर लान नदिने धम्की दिएका छन्। सरकारसँग भएको सहमतिअनुसार माग पूरा नभएको भन्दै उनीहरूले भदौ १ गतेदेखि फोहोर विसर्जन बन्द गर्ने चेतावनी दिएका हुन्। स्थानीयले साउन ३१ भित्र फोहोर मैला व्यवस्थापन गर्दा प्रभावित हुने विशेष संवेदनशील क्षेत्रबाट मानव बस्तीहरू अलग गर्ने लगायतका काम सुरु नगरे सदाका लागि फोहोर फाल्न नदिने बताएका छन्।

स्थानीय सङ्घर्ष समितिले हिजो बुधबार सहरी विकास मन्त्री मेटमणि चौधरीलाई ज्ञापनपत्र बुझाएर फोहोर रोक्ने चेतावनी दिएका हुन्। त्यस्तै, गृहमन्त्री बालकृष्ण खाँणलाई पनि सो पत्र बुझाउने तयारी गरेको तर मन्त्रीको समय नमिलेका कारण सो काम बाँकी रहेको समितिका संयोजक श्रीराम ढुङ्गानाले जानकारी दिए। प्रभावित क्षेत्रको विषयमा सहमति गर्ने, प्रतिबद्धता जनाउने तर कार्यान्वयन नगर्ने राजनीतिक दल, काठमाडौँ महानगरपालिका र सरकारलाई नरसंहार गर्न लागेको समितिको आरोप छ। आजको समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै