२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जनहित मे जारी’ले तोड्यो ‘आरआरआर’को रेकर्ड

१३ श्रावण २०७९, शुक्रबार १०:०१

साउन १३, एजेन्सी | करिब डेढ महिना अघि थिएटरमा रिलिज भएर चार करोड रुपैयाँमात्र बक्सअफिस व्यापार गरेको फिल्म ‘जनहित मे जारी’ले ओटीटीमा रेकर्ड कायम गरिरहेको छ । पुरुषलाई सुरक्षित यौन सम्बन्धका लागि कण्डम प्रयोग गर्नुपर्ने सन्देश दिने फिल्मलाई हेर्न दर्शक भलै फिल्म हलमा त गएनन्, तर घरमै बसेर ओटीटीमा फिल्म हेर्नेको संख्या ह्वात्तै बढेको छ ।

नुसरत भरुचा स्टारर यो फिल्मले यो वर्ष फिल्म हलमा नयाँ रेकर्ड बनाउने ‘द कश्मीर फाइल्स’ र ‘आरआरआर’ जस्ता फिल्मको रेकर्ड पनि तोडिदिएको छ । यो फिल्मले पहिलो सप्ताहमा कंगना रनावतको फिल्म ‘धाकड’ भन्दा पनि २२ प्रतिशतले बढी कमाई गरेको थियो ।

ओटीटीमा फिल्म जी५मा रिलिज भएको छ । यो फिल्मले ‘धाकड’को तुलनामा सय मिलियन स्ट्रीमिङ मिनिट्सको रेकर्ड धेरै अगाडि छोइसकेको थियो । अब यो फिल्म यो वर्ष हालसम्म जी५ मा सबैभन्दा बढी हेरिने फिल्मको रेकर्ड राखेको छ ।

फिल्म ‘आरआरआर’ जी५ मा हिन्दीका अलावा अन्य चार भाषामा रिलिज भएको थियो र यो फिल्मलाई हालसम्म एक हजार मिलियन मिनेटमा हेरिएको छ ।

तर ‘जनहित मे जारी’ ले यो आँकडा छोएर सबैलाई चकित बनाएको छ । फिल्म ‘आरआरआर’ले २२ दिनमा हजार मिलियन मिनेटको भ्यू रेकर्ड बनाउँदा ‘जनहित मे जारी’ले १३ दिनमै ‘आरआरआर’को रेकर्ड तोडेको हो ।

फिल्मले एक कण्डम बेच्ने कम्पनीमा काम गर्ने युवतीको कथा बोल्छ । उनको काममा कैयौं मानिसले प्रश्न उठाए पनि उनी भने मानिसलाई सुरक्षित यौन सम्बन्धका लागि जागरुक बनाउने अभियानमा सक्रिय रहन्छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’