२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोडल हन्ट नेपालमा ५२ प्रतिस्पर्धी

१३ श्रावण २०७९, शुक्रबार १०:१२

साउन १३, काठमाडौं | जोय मोडल हन्ट नेपाल २०२२ का लागि ५२ प्रतियोगी छनोट भएका छन् । देशका ३२ जिल्लाबाट सहभागी सयौं प्रतियोगीमध्ये अडिसनका आधारमा २७ महिला र २५ पुरुष गरी ५२ प्रतियोगी छनोट भएका हुन् ।

आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवी धमलाका अनुसार सातौं संस्करणको प्रतियोगिताको फिनालेका लागि छानिएका प्रतियोगी अब फाइनल स्पर्धाका लागि प्रशिक्षणमा जुट्ने छन् ।

प्रतियोगिताको छनोट चरणको निर्णायकमा नम्रता श्रेष्ठ (मिस नेपाल २०२०), रोजिन शाक्य (कोरियोग्राफर), रवि धमाला (सिइओ नेक्स्ट मोडल्स नेपाल), रुबिस्का श्रेष्ठ, अनिशा शाक्य र प्रविन चापागाई (मोडल हन्ट नेपाल विजेता २०२१ ) र मिष्टर नेपाल २०२२ विजेता नुतन श्रेष्ठलगायत थिए ।

प्रतियोगिताको विजेताले शिर्ष उपाधिका साथमा नगद ५ लाख बराबर उपहारसहित सेप्टेम्बर १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने ‘सुपर मोडल इन्टरनेसनलमा’ तथा महिला विजेता र पुरुषले ‘मिष्टर टुरिजम वल्र्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पुरुषतर्फ सरन एरिक विलियम्स, मनिष श्रेष्ठ, विराज गौतम, विवेक सिंह ठकुरी, अग्निश्री विश्वकर्मा, हिर्दय कुमार यादव, सम्राट सिंह, विवेक खड्गी, आदर्श श्रेष्ठ, रुविन श्रेष्ठ, मनिष बुढा, रोशन आचार्य, उगल लिम्बु, दिवस रसाइली, रोनी मगर, मौसम दिवान राई, आदर्श लिम्बु, सुरज गोयन्का, कर्मा तोपग्ये, सुलभ रत्न शाक्य, दिवस गौतम, निहाल के.सी, सूर्या महर्जन, प्रविणराज कार्की, कुनाल मिश्र छन् ।

त्यस्तै महिलातर्फ सेरिन शाक्य, प्रिज्मा गुरुङ, सम्पदा घिमिरे, सुनिना तामाङ, समिका शेरचन, प्रतिमा हायु, याङ्चेन डोल्कर, एन्जेल राई, कृपा श्रेष्ठ, मल्लिका फैजु, स्मृति देउजु, स्तुति श्रेष्ठ, नम्रता शाही ठकुरी, सोमिता तामाङ, रिया मैनाली, सृष्टि गौतम, मोनिका अधिकारी, शर्मिला आले मगर, आँचल शाह, सारा राई, बिनिता खड्का, शिखा श्रेष्ठ, पल्पसा श्रेष्ठ, पुष्प धामी, अञ्जली सुनार, स्मृति श्रेष्ठ, साइच्छा थापा छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने