१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राहदानी बनाउने नाममा ठगी तथा कीर्ते गरेको आरोपमा चार जना पक्राउ

१४ श्रावण २०७९, शनिबार १४:५८

साउन १४, काठमाडौं | राहदानी विभागमा राहदानी बनाउन आएका व्यक्तिलाई ठगी गरेको आरोप प्रहरीले चार जनालाई पक्राउ गरेको छ । यही साउन ११ गते त्रिपुरेश्वरस्थित विभागमा राहदानी बनाउन आएका सेवाग्राहीहरूलाई ठगी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची ५ घर भई चावहिल बस्ने ३३ वर्षीय रामबहादुर बोगटी, धनकुटा पाख्रिबास घर भई चावहिल बस्ने २८ वर्षका श्यामकुमार राई, सिन्धुपाल्चोक हेलम्बु २ घर भई चावहिल बस्दै आएका वर्ष २२ का राम पौडेल र गोकर्णेश्वर २ सुन्दरीजल घर भई चावहिलस्थित रोज बर्ड नामक फोटो स्टुडियो सञ्चालन गरी बस्ने वर्ष ४१ का विवेक गुरुङ रहेका छन् । 

उनीहरूले विभागमा आएका सेवाग्राहीलाई तत्कालै राहदानी बनाइ दिने भनी विश्वासमा पारेर नगद रकम लिई ठगी गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ । उनीहरूले विभिन्न किर्ते कागजात बनाई अनलाइन फारम भरिदिने गरेको पनि प्रहरी अनुसन्धानबाट देखाएको छ ।

प्रहरीले उनीहरूले अनलाइन फारम भर्ने प्रयोग गरेका विभिन्न उपकरणहरूसमेत नियन्त्रणमा लिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण